
चिम्खोले काईला
आउदो सनिबार ९ जुनका दिन मगर संघ युकेले आयोजना गर्न लागेको नेपाली ओपन कन्सर्टको लागि कलाकारहरु सागर आले र मिना लामा हिजो बेलुकी बुधबार ६ जुनको दिन लण्डनको हिथ्रो विमानस्थलको टर्मिनल ४ मा अवतरण भएका छन | उनीहरुलाई स्वागत गर्नको लागि मगर संघ युकेका अध्यक्ष नेम थापा, बरिष्ठ उपाध्यक्ष तथा एनआरएन युकेका अध्यक्ष योग फगामी, एनआरएन आइसीसी सदस्य तथा मगर संघ युकेका सल्लाहकार शान्ति थापा कुवर, उपाध्यक्ष तथा प्रमुख संयोजक बोम सूर्यवंशी, महासचिब लाल पुन, कोषाध्यक्ष नेत्र आले, मगर महिला संघ युकेका अध्यक्ष छबिमाया पुन लगायत धेरै नेपाली दाजुभाइ, दिदीबहिनी तथा पत्रकारहरुको लण्डनको हिथ्रो बिमास्थाल्मा ठुलो उपस्थिति रहेको थियो | उनीहरुलाई मगर संघ युकेले औपोचारिक रुपमा स्वागत द प्यालेस रेस्टुरेन्टमा अल्डर्सट्मा गरेको छ |
कार्यक्रम प्रमुख संयोजक बोम सुर्यवंशिको भनाइ अनुसार आज मध्यान्नमा कलाकारहरुको बिएफबिएस गोर्खा रेडियोमा अन्तर्वार्ता हुने छ भने भोलि शुक्रबार बिहान ११ बजे बि जी डब्लु एस रेडियोमा अन्तर्वार्ता हुने छ भनेका छन | शनिवारको कार्यक्रममा सागर आले, मिना लामा, विमलराज क्षेत्री, प्रिती आले, मन्सुधन थापा, कल्पना गुरुङ पुन लगायत सथानीय कलाकारहरुको बेजोड प्रस्तुति हुने भएको छ |
नेपाली ओपन कन्सर्टमा प्रमुख अतिथिमा बेलायतको लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीलाई निम्तो दिएको छ भने बिशेष अतिथिहरुमा पर्बत जिल्लाका सांसदहरु पदम गिरी, लाकाजी गुरुङ, ललितकला गुरुङ, कुश्मा नगरपालिका मेयर रामचन्द्र जोशी, जलजला गाउँपालिका प्रमुख यमबहादुर मल्ल (रामचन्द्र) र बरिष्ठ साहित्यकार तथा गीतकार भाबेश भुमरीलाई निम्तो दिएको छ |






