दक्षिण अफ्रिकामा अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना विरुद्धको खोप लगाउन रोक

SHARE:

एजेन्सी माघ २६ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाले आविष्कार गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउन रोक लगाएको छ ।

एउटा अध्ययनले कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध खोपकोुनिराशाजनक नतिजा देखिएपछि दक्षिण अफ्रिकाले खोप लगाउने कार्यक्रम स्थगित गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपले कोरोनाका सामान्य तथा मध्यम खालका बिरामीलाई पनि खास काम नगरेपछि रोक लगाइएको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकाका नयाँ सङ्क्रमितमध्ये ९० प्रतिशत नयाँ प्रकार वा स्वरूपबाट प्रभावित रहेको पाइएको छ ।

दुई हजारभन्दा धेरै मानिसमा गरिएको अध्ययनले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको प्रभावकारिता नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकाले अक्सफोर्ड–आस्ट्राजेनेकाको खोपको १० लाख डोज प्राप्त गरिसकेको थियो । खोप अभियान सुरु गर्ने अन्तिम तयारी भइरहेका बेला प्रभावकारितामाथि प्रश्न उठेपछि खोप लगाउनै रोक लगाइएको हो ।

आइतवार अनलाइन समाचार कन्फ्रेन्समा बोल्दै दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेलीम कीजेले नयाँ अध्ययनको पृष्ठभूमिमा अक्सफोर्ड आस्ट्राजेनेकाको खोप लगाउने कार्यक्रमलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे सरकारले अझ प्रतीक्षा गर्ने बताए ।

अध्ययनको नेतृत्व गरिरहेका प्राध्यापक शाबिर माधीले भन्नुभयो, दुर्भाग्यवश अक्सफोर्ड आस्ट्राजेनेकाको खोपले सामान्य तथा मध्यम खालका बिमारीमा काम नगर्ने रहेछ ।त्यस अध्ययनले भने अझ गम्भीर सङ्क्रमणलाई अक्सफोर्ड(आस्ट्राजेनेकाको खोपले रोक्ने कुरा कति प्रभावकारी छ भन्ने विषय नहेरेको उनले बताए ।

अध्ययनमा सहभागीहरूको औसत उमेर ३१ वर्ष रहेकाले गम्भीर लक्षणको जोखिममा रहेको जनसङ्ख्यालाई त्यसले प्रतिनिधित्व नगर्ने जनाइएको छ ।

अक्सफोर्डकी अग्रणी खोप विकासकर्ता प्राध्यापक सराह गिल्बर्टले अक्सफोर्ड आस्ट्राजेनेकाको खोपले गम्भीर बिमारीको हकमा चाहिँ सुरक्षा दिनेमा जोड दिएका छन् । खोप विकासकर्ताहरूले दक्षिण अफ्रिकाको देखिएको कोरोनाको नयाँ प्रकारविरुद्ध अहिलेको खोपमा परिमार्जन गर्न सक्ने उनले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!