एनआरएनए क्युस्युको आयोजनामा जापानिज भाषामा वक्तृत्व कला प्रतियोगिता, प्रथम पुरस्कार २ लाख जापानिज येन

SHARE:

जापान माघ २९ । गैरआवासीय नेपाली संघ जापान (एनआरएनए) क्युस्युले जापानिज भाषामा वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगिताबरे सूचना जारी गर्दै एनआरएनए क्युस्युले सहभागी हुन इच्छुक क्युस्युवासी नेपालीहरुले २०२१ फेब्रुअरी १५ तारिखदेखि २८ तारिखसम्ममा आवेदन दिन भनेको छ । आवेदनका लागि जापानिज भाषा वक्तृत्व कला प्रतियोगिता पोस्टरमा राखिएको क्युआरकोड स्क्यान गरी अथवा एनआरएनए क्युस्युको फेसबुकमा रहेको लिंक ओपन गरी फारम भर्न समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

अप्लाई गर्नेहरूमध्येबाट उत्कृष्ट १० जनाले मात्र प्रतियोगितामा सहभागी हुन पाउने र उत्कृष्ट १० जनाको नामवली २०२१ मार्च ६ तारिख सार्वजनिक गरिने जनाइएको छ । अन्तिम प्रतियोगिता भने २०२१ मार्च २७ तारिख शनिबारको दिन दिउँसो १:०० बजेबाट अनलाइनबाट गराइने छ ।

६ मिनेटको प्रस्तुतिबाट प्रथम, द्वितीय र तृतीय छानिने छ । उनीहरुलाई क्रमश: २ लाख जापानिज येन, १ लाख जापानिज येन र ५० हजार जापानिज येन साथै १० जना प्रतियोगीहरुलाई प्रमाणपत्र प्रदान गरिने एनआरएनए क्युस्युले जनाएको छ

प्रतियोगिताको नियम एवं प्रक्रियाहरु ।
१) २०२१ फेब्रुअरी १५ देखी फेब्रुअरी २८ सम्ममा अनलाइन फारम भर्नु पर्ने छ ।
२) प्रतियोगितामा बोल्ने लेखन (साकुबुन) १,००० शब्द सम्मको हुनु पर्नेछ । साकुबुनको फोटो अर्थात् फाइल अपलोड गर्नु पर्ने छ ।
३) जापानको क्युस्यु क्षेत्रमा बसोबास गर्नुहुने १५ वर्षभन्दा माथिका जोकोही नेपालीहरु (Student, Workar, Dependent, Businesman आदि) सहभागी हुन सक्नु हुनेछ ।
४) टाइटल वातासिनो नाका नो नोहोन (私の中の日本) को बारे मात्र बोल्न पाइने छ ।
५) अप्लाई गर्नु हुनेहरूमध्येबाट उत्कृष्ट १० जनाले मात्र प्रतियोगितामा सहभागी हुन पाउनु हुनेछ ।
६) उत्कृष्ट १० जनाको नामवली २०२१ मार्च ६ मा तारिख सार्वजनिक गरिनेछ।
७) छनोट हुनु भएका उत्कृष्ट १० प्रतियोगीहरुबीच २०२१ मार्च २७ तारिख शनिबारको दिन दिउँसो १:०० बजेबाट अन्तिम प्रतियोगिता अनलाइनबाट गराइने छ ।
८) प्रस्तुति ६ मिनेटको हुनेछ ।
९) प्रथम, द्वितीय र तृतीय लाई क्रमश २ लाख जापानिज येन १ लाख जापानिज येन र पचास हजार जापानिज येन साथै १० जाना प्रतियोगीहरु लाई प्रमाणपत्र प्रदान गरिने छ ।
(१०) कार्यक्रममा सहभागी हुनु हुने प्रतियोगीहरुले अनिवार्य रूपमा फर्मल ड्रेस लगाउनु पर्ने हुने छ ।
(११) प्रतियोगिहरुले इन्टरनेटको राम्रो सुविधा भएको र होहल्लाह नहुने स्थानबाट आफ्नो प्रस्तुति दिनु पर्नेछ ।
थप जानकारी लागि एनआरएनए क्युस्युमा सम्पर्कको लागि अनुरोध गरिएको छ । र्दछौं ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!