टोकियो फागुन ६ । जापानका ओलम्पिक मन्त्री सेइको हाशिमोतोले टोकियो २०२० खेल प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी छन् ।
महिलाबारे विवादास्पद अभिव्यक्ति दिएको आरोपपछि ८३ वर्षीय पूर्व प्रमुख योशिरो मोरीले पदबाट केही दिन पहिले राजिनामा दिएपछि खाली पदमा सात पटकको ओलम्पियन हाशिमोतो चयन भएका हुन् । ‘स्पीड स्केटिङ्’ र ‘स्प्रिन्ट साइक्लिस्ट’मा सात पटकसम्म जापानको प्रतिनिधित्व गरी ओलम्पिकमा सहभागिता जनाएका हासिमोतो जापानको मन्त्रिपरिषद्मा दुई जना महिलामध्ये एक थिइन् । उनले खेलको जिम्मेवारी सम्हाल्ने निश्चित भएपछि बिहीबार नै प्रधानमन्त्री समक्ष मन्त्री पदबाट राजिनामा दिइसकेकी छन् ।
महिलामाथि लैङ्गिक विभेद् गरेको भनिएको मोरीको अभिव्यक्तिलाई लिएर जापानका साथै विश्वभर उनको कडा आलोचना भएपछि मोरीले राजिनामा दिन बाध्य भएकी थिइन् ।
जिम्मेवारी टोकियो २०२० खेलको प्रमुख पद सम्हालेपछि हासिुमोतोले भनिन्, “खेलको सफलताका लागि मेरो प्रयास रहने छ । खेल सफलताका लागि कोरोना भाइरसको महामारी प्रमुख चुनौती रहेको तर खेलका स्वदेशी तथा विदेशी सहभागी तथा दर्शकको सुरक्षाका लागि कुनै कसर बाँकी नराखिने उनले बताइन् । ।
टाकियो २०२० का उपाध्यक्ष तासियाकी एन्डोले नयाँ प्रमुखलाई स्वागत गर्दै भनिन्, “खेलको पाँच महिनाअघि मोरीको प्रस्थान तयारीको दृष्टिकोणबाट अत्यन्त दुःखद् हो ।”