म्यानमारमा एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु

SHARE:

एजेन्सी फागुन २० ।

म्यानमारमा सेनाको आक्रमणबाट बुधवार एकैदिन ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक बन्दै गैरहेको छ । म्यानमारको सेनाले चुनावमा असन्तुष्टि जनाउँदै नेतृ सुकीसहितका नेताहरुलाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेको छ । सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ ।

चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ । यसैबीच म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । सेनाले प्रदर्शनकारीहरुको प्रदर्शन दमन गर्ने क्रममा अहिलेसम्म ५० जनाभन्दा धेरैले ज्यान गुमाइसकेका छन् भने धेरै व्यक्ति घाइते अवस्थामा छन् । म्यानमारमा हरेक दिन हिंसात्मक प्रदर्शन भैरहेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!