बेलायतमा नेपाली ओपन कन्सर्ट सम्पन्न

SHARE:

चिम्खोले काईला बेलायत

आज सनिबार ९ जुनका दिन मगर संघ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्ट बेलायतको फार्नबोरो स्थित फार्नबोरो फुटबल क्लबमा भब्यताको साथ सम्पन्न भएको छ | झन्डै ५००० जना सहभागी रहेको बिशाल नेपाली तथा गैर नेपाली जनसमुदायको माझमा कलाकारहरु सागर आले र मिना लामा विमलराज क्षेत्री, प्रिती आले, मन्सुधन थापा, कल्पना गुरुङ पुन लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति दिइरहेका छन | चिम्खोले काईलाको भिजनमा स्थापित यस नेपाली ओपन कन्सर्ट मगर संघ युकेले २००७ देखि आयोजना गर्दै आएको छ | नेपाली ओपन कन्सर्ट आयोजना गर्नुको मुख्य उद्धेश्य युकेमा छरिएर बसेका नेपालीहरुलाई एक ठाउँमा भेला गर्ने र नेपाली गित संगीत, साहित्य, कला भाषा, भेषभुषा, तथा बिभिन्न सांस्कृतिक पहिचानलाई संरक्षण र सम्बर्धन गर्नु रहेको छ |

अध्यक्ष नेम थापा अध्याक्षतामा सम्पन्न नेपाली ओपन कन्सर्टमा प्रमुख अतिथिमा बेलायतको लागि नेपाली राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीले आथित्य ग्रहण गरेका छन भने बिशेष अतिथिहरुमा रस्मूरबोरो काउन्सिलका डेपुटी मेयर, कुश्मा नगरपालिका बरिष्ठ साहित्यकार तथा गीतकार भाबेश भुमरी, एनआरएन युकेका अध्यक्ष तथा मगर संघ युकेका बरिष्ठ उपाध्यक्ष योग फगामी, एनआरएन आइसीसी सदस्य तथा मगर संघ युकेका सल्लाहकार शान्ति थापा कुवर, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष जंग सुनुवार, नेपाल पत्रकार महासंघका अध्यक्ष नरेश खपांगी लगायत युकेमा स्थापित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले बिशेष अतिथिको आसन ग्रहण गरेका छन |

सो कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुंग लांघाको संयोजक तथा संस्थाका उपाध्यक्ष अनिता रानाको नेतृत्वमा उपस्थित अतिथिहरुबाट बिमोचन भएको छ |

संस्थाको महासचिब लाल पुनले संचालन गरेको कार्यक्रममा उपध्याक्ष बोम सूर्यवंशीले स्वागत मन्तब्य राखेका छन भने संस्कृतिक सचिब तुल्चन्द्र तिलिजाको नेतृत्वमा सांस्कृतिक कार्यक्रम संचालन भैरहेको छ |

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!