एनआरएनए यूकेको गोर्खा समन्वय विभागले ‘गोर्खा टक’आयोजना गर्दै

SHARE:

लण्डन चैत ११ ।

एनआरएनए यूकेको गोर्खा समन्वय विभागले ‘गोर्खा टक’आयोजना गर्दैछ ।

उपाध्यक्ष प्रेम गाहा मगर संयोजक रहेको विभागले बेलायतस्थित विभिन्न गोर्खा संगठनका अगुवाहरुको सहभागितामा ‘गोर्खा टक’ आयोजना गर्न लागेको हो ।

आगामी शनिबार मार्च २७ गते दिउँसो १ बजेलाई तय भर्चुअल कार्यक्रममा गोर्खा संगठनका नेताहरुको उपस्थिती रहने भएको छ। बिजिडब्लुएस अध्यक्ष टिकेन्द्र देवान, गेसो कार्यवाहक अध्यक्ष धर्म तामाङ, सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राई, ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानका अध्यक्ष थर्क राना, नेसा अध्यक्ष केशबहादुर गुरुङ र बिगेसो अध्यक्ष सुन्दर लिम्बूले कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा लेफिटनेन्ट कर्नेल जेपी क्रस ओबिईलाई सहभागी गराइंदैछ । त्यस अवसरमा गोर्खा वेल्फेयर ट्रस्टका नेपाल फिल्ड निर्देशक लेफिटनेन्ट कर्नेल यमबहादुर राना र भूतपूर्व गोर्खाहरुको इमिग्रेसनसम्बन्धि मुद्धाका अनुभवी सोलिसिटर राजु थापाको पनि विशेष प्रस्तुतिहरु रहनेछन् । गोर्खाहरुको अधिकार प्राप्तिको अभियानमा हालसम्म भएका उपलब्धिको समीक्षा गर्दै भावी दिनका लागि साझा रणनीति तय गर्नु कार्यक्रमको मुख्य उद्धेश्य रहेको एनआरएनए यूके गोर्खा समन्वय विभाग संयोजक एवम् उपाध्यक्ष प्रेम गाहा मगरले बताएका छन् ।

गोर्खा मुद्धा समाधानको लागि नेपाल तथा बेलायतबीचका कूटनितिक पहल, प्राविधिक संयन्त्रले बुझाएको १३ बुँदे सिफारिश प्रतिवेदन लगायतका विषयमा भइरहेका प्रगतिहरुबारे आम गोर्खा समुदायलाई अपडेट गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । सबै प्रमुख गोर्खा संगठनका नेताहरु एकसाथ सहभागी हुने कार्यक्रमले उनीहरुबीच आपसी सहमति र सहकार्यको वातावरण निर्माणमा सहयोग पुर्याउने आशा उनले व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!