पोखरेली मञ्च युकेद्वारा कप्तान खड्काको स्वागत

SHARE:

एटा संवाददाता
अल्डरसट । पोखरेली मञ्च युकेले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई स्वागत गरेको छ ।

उनलाई गत शनिबार अल्डरसटस्थित एएम ओजन रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच स्वागत तथा सम्मान गरेको हो । नेपाली क्रिकेटर टिमले आउँदो २९ जुलाईका दिन लन्डनस्थित लड्र्समा एमसीसी र निदरल्यान्डसँग एक दिवसीय खेल खेल्ने छ । सोही खेलकै क्रममा बेलायत भ्रमणमा रहेका कप्तानलाई स्वागत तथा सम्मान गरिएको हो ।

कप्तान खड्कालाई मञ्चका उपाध्यक्ष अम्बिका खड्काले व्याज र अध्यक्ष मानप्रसाद गुरुङलाई खादा लगाई स्वागत गरेका थिए ।
नेपाली समुदाय बेलायतका क्रिकेटर टिमका खेलाडीहरुको समेत बाक्लो उपस्थिति रहेको कार्यक्रममा कप्तान खड्काले नेपाल र संयुक्त अधिराज्य बेलायतको सम्बन्ध २०० वर्ष पुगेको अवसरमा २०१६ सालमा लड्र्समा मैत्रीपूर्ण खेल खेल्ने अवसर मिलेको स्मरण गरे । उनले नेपालले आउने जुलाई २९ का दिन लन्डनस्थित लड्र्समै एमसीसी र नेदरल्यान्ड टिमसँग खेल खेल्न लागेको बताउँदै बेलायतवासी नेपालीहरुलाई नेपालको झन्डा सम्झेर सहभागी भइदिन हुन अनुरोध गरे ।
मञ्चका संस्थापक अध्यक्ष क्या.रि.चन्द्रबहादुर पुन, सल्लाहकार एकेन्द्र गुरुङ, सल्लाहकार नन्दकुमारी गुरुङ लगायतले शुभकामना मन्तव्य प्रकट गरेका थिए ।

सो अवसरमा सहभागीहरुले राखेका विभिन्न जिज्ञासालाई कप्तान खड्काले मेटाएका थिए भने सहभागी खेलाडीहरुले कप्तानसग छुट्टै जिज्ञासा राखेका थिए ।

स्मरण रहोस्, मञ्चले गतवर्षदेखि टि–ट्वान्टी नेपाल कपको आयोजना गर्दै आएको छ । यसवर्षको खेल आउँदो जुलाई १५ र २२ का दिन हुने अध्यक्ष मान गुरुङले जानकारी दिए ।
मञ्चका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष करम गुरुङले सञ्चालन गरेका थिए

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!