तमुधिं युकेद्वारा सांसदद्वयको स्वागत तथा सम्मान

SHARE:

एटा संवाददाता
मिचेट । तमुधिं युकेले प्रतिनिधिसभाका सदस्य लालकाजी गुरुङ र पदम गिरिलाई स्वागत तथा सम्मान गरेको छ । उनीहरु पर्वत जिल्लाबाट प्रतिनिधित्व गर्छन् ।
गत शुक्रबार ८ जुन बेलुकी तमुधिं युके भवन मिचेटमा उनीहरुसहित प्रदेशसभाका सदस्य ललितकला गुरुङ, कुस्मा नगरपालिकाका मेयर रामकृष्ण जोशी तथा उनकी पत्नी र जलजला गाउँपालिकाका प्रमुख यमबहादुर (रामचन्द्र) मल्ललाई पनि स्वागत तथा सम्मान गरिएको थियो ।

अन्तर्राष्ट्रिय पर्वत समाजले गत ३ जुनका दिन अल्डरसटमा आयोजना गरेको च्यारिटी कार्यक्रममा भाग लिन बेलायत आएका पर्वतका जनप्रतिनिधिहरुलाई तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, तमुधिं आमा समूहकी अध्यक्ष प्रेमा गुरुङ, उपाध्यक्ष नन्दजङ्ग गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, पूर्वअध्यक्षहरु, सल्लाहकार, आजीवन सदस्य, आमा समूह र कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले खादा लगाई स्वागत गरेका थिए ।

सो अवसरमा सांसद लालकाजी गुरुङले स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । उनले अहिलेको सरकारले जनताको आवश्यकतालाई बुझेर काम गर्दै गएमा देश समृद्धितर्फ लम्कने विश्वास व्यक्त गरे ।

त्यस्तै, अर्को सांसद पदम गिरिले गुरुङहरुको भाषा, कला र संस्कृति देशकै सम्पदा भएकोले संरक्षण तथा सम्वद्र्धनको दायित्व बढेको बताए । उनले मातृभूमि नेपालका लागि राज्यले पनि नगरेका कतिपय काम तमुधिं युकेले गरेकोमा प्रशंसा गर्दै यसलाई निरन्तरता दिन अनुरोध गरे । प्रदेशसभाका सदस्य ललितकला गुरुङ र कुस्मा नगरपालिकाका मेयर रामकृष्ण जोशीले स्वागत तथा सम्मानका लागि धन्यवाद दिए ।

कार्यक्रममा चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मे.रि. कृष्ण गुरुङले चारभञ्ज्याङ्ग तमु समाज युकेले पर्वतमा गर्दै आएको टेलिमेडिसिन सेवा केन्द्रको बारेमा जानकारी गराउँदै सो परियोजनामा आवश्यक सहयोग गर्न पर्वतका जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।
तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नन्दजङ्ग गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव कृष्ण गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!