पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट सम्पन्न

SHARE:

प्रकाश गुरुङ
अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

अल्डरउड लेजर सेन्टर, अल्डरसटमा शनिबार, १६ जूनमा भेटघाट कार्यक्रम निकै रमाइलो भएको सहभागीले बताएका छन् । कार्यक्रममा तीन सय जना भन्दा बढीको सहभागिता थियो । बेलायतमा मौसमका कारणले पनि होला, प्रायः भेटघाट कार्यक्रमहरु समरमा नै हुन्छन् । वर्षको एक दिन संयुक्तरुपमा आफन्त भेट्ने, रमाइलो गर्ने र केही च्यारिटीका लागि पनि रकम जम्मा गर्ने राम्रो मौकाका रुपमा यस्ता कार्यक्रमलाई लिइन्छ ।

पञ्चासे हर्पनडाँडा समाज कास्की जिल्लाका सिधाने, कुद्बीडाँडा, दम्दमे, मकनपुर र सेरेफेरो गाउँहरुलाई समेटेर बनाइएको हो । सो समाजले विशेष आफ्नै गाउँहरुमा परेको आपतविपतमा मद्दत पुर्‍याउँदै आएको छ । पञ्चासे हर्पनडाँडा समाज युकेले अक्षय कोषका लागि १३ लाखभन्दा बढी रकम आफ्नो गाउँका लागि पठाइसकेको छ । सो कार्यक्रममा पनि विमला र उदय गुरुङबाट २०० पाउन्ड, वीरबहादुर गुरूङबाट १७५ पाउन्ड र प्रेमबहादुर गुरुङबाट १०० पाउन्ड अक्षयकोषका लागि प्राप्त भएको समाजले जनाएको छ ।

कार्यक्रमको मुख्य आकर्षण राफल ड्र थियो । १ तोला सुन, १०० पाउन्ड र ५० पाउन्ड क्रमशः पहिलो, दोस्रो र तेस्रो पुरस्कार राखिएको थियो । साथै प्रत्येक पुरस्कारसँगै आर्ट स्टुडेन्ट सन्ध्या गुरूङबाट बनाइएको ल्यान्डस्केप पेन्टिङ पनि दिइएको थियो ।

राफल ड्र का पुरस्कारहरु १ तोला सुन मे. देव गुरुङ अनि १०० र ५० पाउन्ड क्रमशः प्रकाश गुरुङ र लालबहादुर घलेले प्रायोजन गरेका थिए । राफलबाट उठेको ८८० पाउन्ड पनि नेपालमा रहेको अक्षयकोषका लागि प्रदान गर्ने अध्यक्षले जनाएका छन् ।

भेटघाट कार्यक्रमका लागि २८ जना स्पोन्सरहरुबाट ३ हजार ५०० पाउन्ड र अक्षयकोषका लागि १ हजार २५५ संकलन भएकोमा संस्थाका कोषाध्यक्ष रवि गुरुङले खुसी व्यक्त गरे । देव घले, खुसीमान गुरुङ, दिल गुरुङलगायतले नगद तथा अन्य सामग्री प्रायोजन गरेका थिए ।

छोराहरुको विवाह भएको खुसीयालीमा कल्पना गुरुङ र कृष्णा गुरुङले समाजलाई ३०० पाउन्ड र दलप्रसाद गुरुङले छोरीको विवाह खुसीयालीमा २०० पाउन्ड दिएका थिए । अक्सफोर्ड विश्व विद्यालयबाट आर्थिक र राजनीति दर्शनमा स्नातक गरेकी बेलिन्द गुरुङ र पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक हासिल साझनादेवी गुरुङ, जीसीएसईमा राम्रो ग्रेडिङ ल्याएकी लाजु गुरुङलाई खादा लगाएर बधाई दिइएको थियो । त्यस्तै नवदम्पतीहरु जीवन र सुुष्म गुरुङ, निराज र सृष्टि गुरुङ, नितु र योगराज गुरुङ, निशा र आत्मजङ्ग गुरुङ, दीपा र सरोज गुरुङलाई पुष्पगुच्छा र खादाद्वारा बधाई दिइयो ।

सार्जन्ट पदमा प्रमोसन भएका सुन्दर गुरुङ, फायरवर्क मास्टर तथा तमुधिंका महासचीव कृष्णा गुरुङ र ८० वर्ष पुगेका ६ जना सदस्यहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

वृद्धवृद्धाहरुलाई सिनियर मेम्बर प्रेमबहादुर गुरुङ र अन्यलाई अध्यक्षका श्रीमती गीता गुरुङले समाजको तर्फबाट बधाई सम्मान दिएकी थिइन् । कार्यक्रममा प्रशस्त मात्रामा नाच प्रस्तुत गरिएको थियो । सानी नानी स्याफ्रोन गुरुङको नाच चासोको विषय बन्यो ।

कार्यक्रमको सुरुआतमा उपाध्यक्ष देउकाजी गुरुङले सुरक्षाबारे जानकारी गराएका थिए । अध्यक्ष डमरकाजी गुरुङ र सिनियर मेम्बर प्रेमबहादुर गुरूङले दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरे । अध्यक्षको छोटो मन्तव्यपछि बधाई कार्यक्रम अगाडि बढाइएको थियो । कार्यक्रम सञ्चालन शोभा गुरुङ र प्रकाश गुरूङले गरेका थिए ।

कार्यक्रममा सहयोग गर्ने र उपस्थित पाहुनाहरुलाई अध्यक्ष गुरुङले बधाई दिएका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!