अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्षमा चन्द्र निर्वाचित

SHARE:

एटा संवाददाता
अल्डरसट । नयाँ शक्ति पार्टी भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युकेको अध्यक्षमा ले.रि. चन्द्रबहादुर गुरुङ निर्वाचित भएका छन् ।
गत आइतबार १७ जुनका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित अधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन् । त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्ष हेम गुरुङ र थम विश्वकर्मा, डा. दिलीप यादव, दीपक गैरे र महिला उपाध्यक्षमा शकुन्तला गुरुङ चयन भएका छन् ।

महासचिवमा कृष्ण गैरे, पुष्पा उप्रेती सचिव, दीपक गुरुङ कोषाध्यक्ष, कुमार घले सहकोषाध्यक्ष, राजु कँडेल मिडल्यान्ड क्षेत्रीय प्रतिनिधि, क्रान्ति मास्के विलवीच क्षेत्रीय प्रतिनिधि, गनबहादुर गुरुङ, हर्क सेवा, पाण्डव महतो, रामबाबु श्रेष्ठ, सवा तिमिल्सिना, तारविन पोखरेल, टकमाया गुरुङ, आकांक्षा गुरुङ, कविता गुरुङ, धनकाजी गुरुङ, हल कुमारी सदस्यमा र रुद्र ढकाल मिडिया संयोजकमा चयन भए ।

पूर्वअध्यक्ष धन गुरुङ अन्तर्राष्ट्रिय नेपाली समाजको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएपछि सो कार्यसमिति पुनर्गठन गरिएको हो । नवनिर्वाचित अध्यक्षलगायत सबैलाई सल्लाहकार ढकबहादुर गुरुङलगायतले खादा लगाइदिएका थिए ।
नयाँ शक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवसको अवसरमा पारेर आयोजना गरिएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए । सो अवसरमा पार्टीका संयोजक डा. बावुराम भट्टराई र वरिष्ठ नेता हिसिला यमीले वर्तमान राजनीतिक अवस्था र पार्टी नीतिबारे म्यासेन्जरमार्फत् जानकारी गराएका थिए ।

स्मरण रहोस्, भरत सिम्खडा, कृष्ण गुरुङ, ढकबहादुर गुरुङ, सोम गुरुङ, ओमेन्द्र गुरुङ, सोम गुरुङ र हुमबहादुर गुरुङ अन्तर्राष्ट्रिय नेपाली समाज युकेका सल्लाहकार हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!