
इन्द्रेणी शर्मा जलद
लन्डन – यो मैले नजीकबाट देखें भोगेको तितो काहानी ।मेरो नाम चन्दन हो । म धेरै वर्षसम्म शिक्षककाे पेशामा आवद्ध भएँ । धेरै बर्षसम्मका ती अतीत जीवनकाे तिता यादहरुले मनलाई गरुङ्गो बनाउँदो रहेछ ।आज एकएक गरेर सुनाउँदै जानेछु ।यी सम्झनाले मानिसलाई कति दुःखाउँदो रहेछ त्यो भनी साध्यै छैन तैपनि सविस्तार सुनाउने छु । मेरो नजीकको साथी थियो रमेश । रमेश उषाको बारेमा कुरा सुनाउथ्यो । ऊ राम्री छे समझदार र लाहुरेकी एउटी छोरी उस्ले पनि मलाई निक्कै मन पराएको बुझेको छु भन्थ्यो उसकुराले म अचम्म भएँ ।किन मरी हत्ये गर्छ ।उषा मेरी पनि स्कूल जीवनको अन्तिम समयमा भेट भएकी किशोरी थिइन् । स्कूलको लाइब्रेरीमा भेट हुन्थ्यो । मिठो मुस्कान शालीन जीवन शैली लाहुरेकी छोरी । धेरै जसो चमेना घरमा उनको एक सुन्दर युवकसंग हिम चिमकासाथ कुराकानी हुन्थ्यो ।
राजनैतिक कुराकानी गर्ने र हरेकजसोनारा जुलुशमा अगुवा थियो । को हो के कस्तो सम्बन्ध के थियो मैले खासै मतलब राखिनँ । रमेश र त्यो युवक एक अर्कालाई दुश्मनको रुपमा हेर्थे । शायद उषाको बारेमा हुन सक्थ्यो । त्यो युवक मसँग खासै सम्पर्कमा हुँदैनथ्यो तैपनि देखा देख हुन्थ्यो । म राजनैतिको वारेमा खासै चासो राख्दै नराख्ने मान्छे थिएँ । यहीं राजनीतिले मेरो बाबाले भुमिगत हुनु परेको थियो । अझैं बाबालाई पाएका छैनौं । आमाले बडो कठीन संघर्षले हामीलाई हुर्काउनु भयो , पढाउनु भयोआज म जे भाएको छु त्यो आमाको संघर्षको नतिजा हो ।
हेर्दा खाई लाग्दो युवक मिठो बोली थियो बडो दमदार प्रस्तुति दिन्थ्यो फिल्मी कुराको उ कलाकार जस्तै लाग्थ्यो। अचानक उनको मौन अनुहारमा केही कुरा सलबलिएका छन् । भेट नभएको पनि वर्षौं भयोे । हामी कलेज जीवनका साथी थियौ रमेशले आफ्नो कुरा केही व्यक्त गर्न चाहेन । समय बित्दै गयो उसको सम्बन्ध विच्छेद भयो। देशको परिवेश राजनैतिक घेरामा थियो धेरै नारा जुलुशले बाटो अवरुद्ध भएको हुन्थ्यो। एक दिन बाटोमा उषा पो आइ रहेकाे देखे । म आफ्नो पुरानो साहित्यिक मित्र कविन्द्रकाे घरबाट फर्कदै थिएँ।उनी हुन की होइनन् चिन्न कठीन भयोे । ओठ कलेटी परेका श्रीहीन अनुहार साथमा करीब दुई चार बर्षको बालक देखेँ नजीक पुगेर सोधेँ “उषा जी मलाई चिन्नु भयोे” उषा “खै मैले खासै चिन्न सकिन नि भनुस् न कतै हाम्रोे पुरानो साथी हुनुहुन्छ ? “हो म पुरानो साथी सागर स्कुल जीवनमा हाम्रोे भेट हुन्थ्यो नि भुल्नु भयोे ? ” मैले सम्झाएं नजीकको चौरमा बसेर कुराकानी भयाे । जीवनका सारा कुरा भए रमेश संगको कुराकानी कुरा सुनाइन् समय बितेको पत्तै भएन ।
मनभरि धेरै कुरा आए रमेशले भनेका कुराहरूले पटक पटक मलाई धेरै झस्कायो उषा संगको सम्बन्ध विच्छेदकाे कुराले यो समाजको कालो पर्दालाई च्यात्न मन लाग्यो । मैले धेरै वर्ष स्कूल जीवनको सेवा बाट रिटायर हुदै थिएँ । त्यो पुरानो युवक मेरो सम्झनामा आयो । उससँग मेरो कुनै सरोकार नै रहेन। आज ऊ अन्तिम समयमा भेटियो । आजकल हामी मित्र बनेका छौँ । ऊ राजनीति नै जीवन सम्झिन्थ्यो । उषा संगको वारेमा छलफल भयो रमेश को वारेमा कुरा सुनायो म तीन छक परे ऊ अपराधी प्रवृत्तिको मान्छे रहेछ । कैयौ युवतीको जीवन लाई तहस नहस बनायो आज आत्मग्लानी आत्मियता घृणा लागेर सम्झनाका पलहरु कति सान्दर्भिक मार्मिक हुन्छ्न भने कति दुःखद हुँदा रहेछ। उससंगको त्यो संझनाले मनलाई पोली रह्यो । सम्झिन्छु त्यो रमेश अहिले कुन जेलमा जेलको चिसो हावा खाएर विगत लाई संझी रहेको होला ?
नोट: यो कथा नितान्त काल्पनिक हो यस कथाको पात्रको भूमिका कोही कसै संग मिल्न गएमा संयोग मात्र हुनेछ । अन्यथा नलिनु होल।






