नरेश काङमाङ राईको साखुङ्बारा’विमोचन

SHARE:

लण्डन भदौ २१ ।

लेखक नरेश काङमाङ राईको साखुङ्बारा’ अर्थात ‘रजस्वला’को विमोचन गरिएको छ ।

शनिबार किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा पुस्तक विमोचन गरिएको हो । प्रमुख अतिथि अध्यक्ष कल्पना राई र विशेष अतिथि डा.सुमाया राईले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।

किरात राई २२ भाषीहरुको जन्मदेखि मृत्‍यु संस्कारको विषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले प्रकाशित गरेको हो । पुस्तक विमोचनका क्रममा विशेष अतिथि डा. सुमाया राईले काङमाङको ‘साखुङवारा’ ले किरात राईहरुको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताइन् । साथै, पुस्तक अन्य लेखकहरुका लागि समेत राम्रो सन्दर्भ सामग्री भएको उनको भनाइ थियो ।

लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराए। यो पुस्तकभित्र धेरै कुरो नसमेटिएको तर केही नयाँ कुरा पनि आएको काङमाङले बताए। किराया बेलायतका अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि कल्पना राईले पुस्तक संकलन र लेखन गरेकोमा लेखक नरेश काङमाङ राईलाई र प्रकाशक प्राकास लण्डनलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन् भने सचिवमा किरण राई तथा सहसचिवहरुमा सीमा राई र जोशन राई चयन भएका छन । सर्वसम्मत रुपमा निर्वाचित भएको समितिको कोषाध्यक्षमा योजन राई र सहकोषाध्यक्षहरुमा अञ्जना राई र सन्दीप राई निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!