अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फूटबलमा बंगलादेशमाथि नेपालको जीत

SHARE:

काठमाडौं भदौ २४ ।

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको छ ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

सबिताले १४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् । खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।

नेपालले एएफसी महिला एशियन कप २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो । दुई टोलीबीच आइतबार दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!