एनआरएन यूकेले बिभिन्न कार्यक्रम घोषणा

SHARE:

लण्डन ।
गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले संघको आसन्न दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुको स्वागत तथा सम्मानमा बेलायतमा शुभकामना साँझ आयोजना गर्ने भएको छ ।

सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुँदै छ । सो सम्मेलनमा विश्वभर रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुँदैछन् । सम्मेलनमा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का पदाधिकारी तथा सदस्यहरु पनि सहभागी हुने छन् ।

संघको दशौं महाधिवेशन नजिकिरहेका बेला आयोजना हुन लागेको स्वास्थ्य सम्मेलनमा आइसीसी अध्यक्षदेखि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अभियन्ताहरु पनि बेलायत आउँदै छन् ।

स्वास्थ्य सम्मेलनमा सहभागी र अध्यक्षदेखि सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका प्रत्यासीहरुको स्वागत र सम्मानमा सेप्टेम्बर १९ को साँझ अल्डरसटमै शुभकामना साँझ कार्यक्रमको आयोजना गरिएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् बेलायत(एनसीसी यूके)का अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन् ।

अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा रात्रिभोजसहितको शुभकामना साँझ आयोजना हुने अध्यक्ष गाहा मगरले जानकारी दिए । कार्यक्रमको तयारी पूरा भइसकेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई र विशेष अतिथिको रुपमा एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आमन्त्रण गरिएको छ ।

युवा र महिला सशक्तीकरणका लागि विशेष कार्यक्रम सन्चालन गर्न आर्थिक संकलन गर्ने उद्देश्यले शुभकामना साँझसँगै ‘च्यारिटी डिनर’ आयोजना गरिएको अध्यक्ष गाहा मगरले जानकारी दिए । एनसीसी यूकेले एनआरएन अभियानमा युवाहरु र महिलाहरुको सहभागिता र आकर्षण वृद्धि गर्न विशेष कार्यक्रम सन्चालन गर्दै छ ।

च्यारिटी डिनरमा आइसीसी अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक तथा उपसंयोजक, युवा तथा महिला संयोजक, आइसीसी सदस्य लगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुलार्ई बोलाइएको छ । ‘सबै उम्मेदवारहरुलाई एकै ठाउँमा भेला गरी शुभकामना दिने हाम्रो उद्देश्य हो’ उनले भने ।

शुभकामना मन्तव्य र मनोरन्जनात्मक सांस्कृति कार्यक्रमसहित सन्चालन हुने च्यारिटी डिनरमा उम्मेदवारहरुलाई प्रायोजनको व्यवस्था पनि गरिएको छ । ‘प्लाटिनम, गोल्ड र सिल्भर स्पोन्सर’को आह्वान गरिएको एनसीसी उपाध्यक्ष तथा च्यारिटी विभागका प्रमुख संयोजक गोविन्द खरेलले जानकारी दिए ।

प्लाटिनम स्पोन्सरका लागि ३ हजार पाउण्ड, गोल्ड स्पोन्सरका लाग २ हजार पाउण्ड र सिल्भर स्पोन्सरका लागि १ हजार पाउण्ड राखिएको उनले जानकारी दिए । सहभागीहरुले स्वेच्छिक रुपमा पनि सहयोग गर्न सक्ने उनले बताए ।

स्पोन्सर गर्नेहरुलाई कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अवसर दिइने छ भने प्रायोजकहरुको संक्षिप्त वायोग्राफी पनि प्रदर्शन गरिने छ । ‘यसले उम्मेदवारहरुलाई आफ्नो प्रचार प्रसारमा पनि सहयोग पुर्याउँछ भने उम्मेदवारहरुको बारेमा एकै ठाउँबाट सबैलाई जानकारी गराउन मद्दत पुग्छ’ अध्यक्ष गाहा मगरले भने ।

च्यारिटी डिनरबाट संकलन हुने रकमबाट युवा र महिला सशक्तीकरणका लागि कार्यक्रम सन्चालन गरिने च्यारिटी विभाग प्रमुख खरेलले जानकारी दिए । युवा र महिलाहरुको सशक्तीकरणका लागि एनसीसी र च्यारिटी विभागले अवधारणा र कार्यक्रम तयार पारिसकेको पनि उनले जानकारी दिए ।

गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबर २३-२५ मा काठमाडौंमा हुँदै छ । त्यसअगावै २०२१–२०२३ कार्यकालका लागि आइसीसीको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैै छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!