काठमाडौं भदौ २६ ।

चर्चित गायिका शान्ति श्री परियारको जन्म रोल्पाको विकट गाउँ ह्वाँमा भन्ने ठाउँमा भएको हो ।
उनको सात वर्ष सम्मको बाल्यकाल ह्वामामै बित्यो । अनि त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् । साथै उनले लिवाङमा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरिन् । सानै उमेरदेखि गीत संगीतमा निकै नै लगाव राख्ने शान्ति श्री परियार आफ्नो स्कुलमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रममा गीत गाउने गर्दथीन् । साना साना स्टेजहरूमा गीत गाएर सबैको मन जितेकी शान्ति श्री रोल्पालीहरूको तारा नै बन्न पुगिन् ।
उनी आफ्नो पढाई पुरा नहुँदै सानै उमेरमा काठमाडौँ आइ पुगिन् र उनी दोहोरी साँझमा गाउन थालिन्। गायिका बन्ने रहर बोकेर उनी २०६४ सालमा रोल्पाबाट काठमाडौं प्रवेश गरेकी हुन्। ‘त्यतिखेर म १६ वर्षकी थिँए । सानै उमेरदेखि गरेको संघर्षका कारण अहिले म एक स्थापित गायिका बन्न पुगेकी छु । उनि सम्झन्छिन ’सानो उमेरमा निकै नै दुख कष्ट गर्दै उनले पहिलो एल्बम घर छ तीन तले मा स्वर दिइन्। गीत धेरै राम्रो भए पनि त्यस गीतले त्यति बजारमा त्यति राम्रो सफलता भने हात पार्न सकेन। त्यसपछि दुःख कष्ट गर्दै जाँदा उनले एकतर्फी माया बोलको गीतमा स्वर दिने मौका पाइन्। जुन गीत उनको लागि गुड लक साबित भयो ।
किनभने यो गीतले नेपाली सांगीतिक बजार बेस्सरी तताएको थियो।अनि लगत्तै उनले तेस्रो गीत मिलन लामासँगको गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग मा स्वर दिइन् र त्यो गीत पनि नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै चल्यो। त्यसपछि उनले धेरै गीतहरूमा अवसर पाउदै गइन र गाउँदै गइन्। यस्तै उनले पशुपति शर्मासँग बासको टुप्पो हल्ल्एिरमा स्वर दिइन् जुन गीत पनि शान्ति श्री का लागि निकै लाभदायक हुन पुग्यो।
उनले लोक तथा दोहोरी गीत मात्र नभएर आधुनिक गीत पनि गाउने गर्दछिन्। साथै चर्चित तीज गीत बुहारी सुत्केरी भइछमा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन्। उनले २०७४ सालमा सर्वाधिक चर्चित सत्यकथा मा आधारित गीत प्रकाश सपुतको शब्द, निर्देशनमा रहेको बोल मायामा स्वर दिएकि थिइन्। यो गीतले उनलाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ निकै चर्चित बनाउने काम गरेको थियो।
सुरुमा आफ्नो पारिवारिक स्थिति नाजुक भएको उनले सुनाइन्, ‘हामी धेरै छोराछोरी, बुबा आमाले धेरै दुःख गरेर हुर्काउनुभयो । कमाउनका लागि बुबा भारतमा हुनुहुन्थ्यो । ममी घरमै हुनुहुन्थ्यो । म काठमाडौं आउनका लागि ममीलाई धेरै फकाइरहेकी थिए, ममी मानिराख्नु भएको थिएन । तर, ममीलाई जितेर रुवाउँदै, म एक जोर कुर्था सुरवाल लगाएर अर्को एक जोर कुर्ता सुरवाल झोलामा बोकेर गायिका बन्न काठमाडौं आएकी थिए ।’
उनले थपिन्, ‘मैले त्यति बेला गरेको त्यस साहसले गर्दा नै अहिलेको अवस्थामा पुगेकी हुँ । सुरुमा म दोहोरी साँझमा गाउनकै लागि काठमाडौं आएकी थिए । ‘गायिका बन्नका लागि दोहोरी साँझमा संघर्ष गर्नुपर्छ रे’, भन्ने थाहा पाएँ, त्यसपछि मैले सुरुमा दोहोरी साँझमै इन्ट्री गरे ।’उनले थपिन्, ‘दोहोरी साँझमा मैले पूरै नौ वर्ष विताएँ । नौ वर्षको हरेक साँझ मेरो आवाज दोहोरी साँझमा गुञ्जिएकै हुन्थ्यो । त्यसपछि दोहोरी साँझ नै मेरो पाठशाला बन्यो । सोही दोहोरी साँझका कारण म आज यो ठाउँमा छु । त्यसैले दोहोरी साँझप्रति मेरो उच्च सम्मान छ ।’
गायिका परियारले पहिलो पटक धेरै भावुक भएको गीत ‘बोल माया’ नै भएको बताएकी छन् । उनले भनिन्, ‘यो गीत गाउँदा म आफै पनि धेरै पटक भावुक भएकी थिए । यो गीतका सबै शब्दहरु सेन्टिमेन्टल नै छन् । ‘स्वर्गको बाटो अप्ठ्यारो होला कसरी जाउला नि, एक मूठी पानी ख्वाउन नि पाइन तीर्खा पो लाउला नि’ यी सबै शब्द मार्मिक छन् ।’
‘त्यस्तै यो गीतको भिडियो पनि धेरै मार्मिक बनेको थियो ।’ उनले थपिन्, ‘ताल र सुर भनेको अर्को कुरा हो भने गीतको भाव भनेको अर्कै कुरा हो । गीतको भाव अनुसार शब्दमा डुबेर गाउने हो, र त्यसलाई मेल खाने भिडियो बनाउने हो ।’
यी हुन् शान्ति श्री परियारले स्वर दिएका केही चर्चित गीतहरू
घर छ तीन तले
एकतर्फी माया
गाईलाई दाम्लो माछिलाई फुरुलुङ्ग‘
सँग बास को टुप्पो हल्लियर‘
मुग्लिनको बाटोमा‘
बास को टुप्पो हल्लियर‘
बुहारी सुत्केरी भइछ‘
बोल माया
गल्बन्दि‘






