प्लमस्टिड युथ’ क्लबले पायो ‘ग्रीनवीच कप २०२१’ को उपाधि

SHARE:

लण्डन भदौ २७ ।

‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले जितेको छ ।

नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये उत्कृष्ट हुँदै प्लमस्टिडले उपाधि जितेको हो । उपाधिका लागि भएको रोमान्चक फाइनल खेलमा प्लमस्टिडले झापा एफसीलाई ३ शून्यको अन्तरले पराजित गरेको थियो ।

उपाधिसँगै विजेता प्लमस्टिडले नगद १५ सय पाउन्डको पुरस्कार प्राप्त गर्‍यो । उपविजेता झापा एफसीले नगद ५ सय पाउन्डको पुरस्कार हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा प्लमस्टिड युथका रेगन गुरुङ पुरस्कृत भए भने हाई गोल स्कोररको पुरस्कार वाइबी एथ्लेटिक्सका सुशान्त राईले पाए ।

विजेताहरुलाई आयोजक नेपाली युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङ, स्थानीय ग्रीनवीच बरोका काउन्सिलर म्याथू मरो, साफाका जेरी आर्मस्ट्रङ, साउथ इष्ट तमुधिं अध्यक्ष ह्यारी गुरुङ, आरजीएनएस अध्यक्ष जीत रानाभाट, बुद्ध फाउन्डेसन यूके अध्यक्ष दीपक श्रेष्ठ, पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, नेपाली युथ एशोसिएसनका पूर्व अध्यक्ष दिपेन गुरुङ, ग्रीनवीच कपका आर्थिक संयोजक जीवन सेन, तमुधिं साउथ इष्ट पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ, ग्रीनवीच कपका संस्थापकहरु प्रसिद्ध प्रधान, सचिन श्रेष्ठ, एकाउन्टेन्ट राजेन्द्र सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता आयोजक नेपाली युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङले सहभागी सबै खेलाडी तथा दर्शकहरुलाई संस्थाको तर्फबाट आभार प्रकट गरे । उनले ग्रीनवीच कपको आयोजनामा विशेष सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगदाता एवम् प्रायोजकका साथै तमु धिं साउथ इष्ट, आरजीएनएस र पासा पुच साउथ इष्टसहितका संस्थालाई पनि धन्यवाद ज्ञापन गरे ।

पुरस्कार वितरण कार्यक्रमको संचालन आरजीएनएस महासचिव मन्जु भण्डारीले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!