हुम तमु पोखरा,१ असोज

पोखरा रामबजार निवासी हाल युकेमा कृयाशिल समाजसेवी सनमन गुरुङको लोक पप नेपाली गित म्युजिक भिडियो माझी दाईकोपोखरामा बिमोचन गरिएको छ।
म्युजिक भिडियोको रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले बिमोचन गरेका थिए । सनमन गुरुङको शब्द संगीत, ज्ञान बहादुर थापाको स्वर, तेज केसीको संगीत सयोजन, युवराज गुरुङ,अमृता मगर, वसन्त थापा लगायत हिमाली सास्कृतिक परिवारका कलाकारहरु कविता गुरुङ, कोमल तामाङ, रन्जु बालकोटी लगायतको प्रस्तुति रहेको छ।

म्युजिक भिडियो पोखरा दोबिल्ला लगायतको क्षेत्रमा छायांकन गरिएको छ । प्रमुख अतिथि रामबजार सोसाइटी युकेका वरिष्ठ सल्लाहकार, सामाजिक अभियन्ता महेश गुरुङले म्युजिक भिडियो मर्मले भरिएको भन्दै शुभकामना ब्यक्त गरेका थिए । गुरुङले कलाकारलाई हौसलाको लागि १० हजार रुपैया सहयोग गरेका थिए ।
रामबजार क्षेत्रका लागी देश बिदेशमा रहेका सहयोगीहरुले धेरै साथ सहयोग गरेकोमा सबैलाइ धन्यवाद व्यक्त गरे । यस क्षेत्रको बिकासका लागि योगदान दिनेहरुलाई समेत उनले स्मरण गरे । कलाकारलाई उनको सहयोगको पश्चात् कृष्ण पुन २ हजार, नारायण पुन ६ हजार, राम गुरुङ १० हजार सहयोग प्रदान गरिएको थियो।
कल्याण शेरचन स्मृति प्रतिस्ठानका अध्यक्ष पुर्ण बहादुर गुरुङ ह्योल्मोले गीतबाट रामबजार, पोखरा र नेपाली गित संगीतलाई योगदान पुर्याएको बताए । सबैलाइ समान देख्ने, ब्यवहार गर्ने स्वभावको मूर्ख पनि सज्जन बनेको भन्दै खुशी व्यक्त गरे । समाजसेवी निरज थापाले शुभकामना व्यक्त गर्दै सनमन गुरुङ रामबजारको उपज भएको बताए । सधै सकृय रहने,बिदेश रहेर पनि स्वदेशको सेवा गर्ने ब्यक्तिकरण भएको बताए ।

देउराली ब्याण्डका अध्यक्ष तेज केसिको अध्यक्षतामा भएको कार्यक्रममा कलाकारहरुलाई सम्मान गरिएको थियो भने सन्चालन तिलक गुरुङले गरेका थिए ।






