त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित

SHARE:

काठमाडौं असोज २ ।

विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको छ ।

ओमानको अल अमिरात मैदानमा गएराति नेपालले दिएको एक सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा मात्रै चार विकेट गुमाएर भेट्टायो । अमेरिकाका स्टेभेन टेलरले ६३ बलमा ९२ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४८ ओभरमा अलआउट हुँदै एक सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ३६ र राष्ट्रिय टोलीमा डेब्यु गरेका गुलशन झाले २८ रन बनाए । लिग अन्तर्गत अमेरिकासँग यसअघि भएका तीन वटै खेलमा नेपाल विजयी भएको थियो ।

नेपालले अर्को खेल भोलि ओमानसँग खेल्नेछ । लिग–२ मा ओमान १२ खेलमा २० अङ्क जोडेर शीर्ष स्थानमा छ । भने नेपाल ७ खेलमा ६ अङ्क जोडेर छैटौँ स्थानमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!