एमाले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने

SHARE:

काठमाडौं असोज १० ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा ५ हजार प्रतिनिधिले भाग लिने निर्णय गरेको छ।

असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुने विधान महाधिवेशनका प्रतिनिधि केन्द्रीय कमिटीले टुंगो लगाएको हो। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रवासका समेत गरी ५ हजार प्रतिनिधिले विधान महाधिवेशनमा भाग लिने जानकारी दिए।

विधान महाधिवेशनमा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै पदाधिकारी र सदस्यले भाग लिने उनले जानकारी दिए। केन्द्रीय निकायमा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मन्च पर्छन्। त्यस्तै केन्द्रीय विभागबाट सचिवसहित ५ जना सदस्यले भाग लिने भट्टराईले बताए।

जिल्ला कमिटीका पदाधिकारीसहित निर्वाचन क्षेत्रबाट एक महिला र कम्तीमा एकजना दलितले जिल्लाबाट प्रतिनिधित्व गर्नेछन्। त्यस्तै घोषित जनसंगठनबाट पदाधिकारीसहित वरिष्ठतम् १० जना सदस्यले सहभागी हुने भट्टराईले बताए।

यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले भाग लिने पाउने छन्।

त्यस्तै बैठकले विधान महाधिवेशनमा पास हुने तीन प्रतिवेदन पारित गरेको छ। राजनीतिक अध्यक्षले, संगठनसम्बन्धी प्रस्ताव महासचिवले र उपमहासचिव विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित पास गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!