
लन्डन – पुर्ख्यौली घर लम्जुङ्ग, पस गाउँ, हाल बेलायत निवासी तमु संस्कृतिबित, बरिष्ठ साहित्यकार तथा समाजसेवी एकेन्द्र गुरुङद्वारा सम्पादित “बेलायतमा नेपाली गीत” को आज सन् २०२१ ओक्टुबर सनिवारको दिन जुमद्वारा बिमोचन गरिएको छ। बिमोचन कार्यक्रम “गुरुङ साहित्य मंच नेपाल” को आयोजनामा आयोजित भएको हो ।
सन् २००८ मा बेलायत प्रवेश गरेका गीतकार गुरूङ अल्डरसटमा बसोबास गरेका एक सर्जक हुन् ।उनी तमु (गुरूङ) चलचित्र निर्माता पनि हुन् । नेपालको लमजुङ जिल्ला घर भएका पूर्वप्रधानाध्यापक गुरूङका यसअघि ‘धर्तीमा जून’ गीति सङ्ग्रह र ‘मनको तरङ्ग’ लेख सङ्ग्रह गरेर दुई कृतिहरू प्रकाशित भइसकेका छन्। पूर्वप्रध्यानाध्यापक गुरुङ बेलायतमा चलायमान संस्थाहरु एनआरएन युके, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके, तमुधी युकेमा सल्लाहकारको रुपमा चलायमान हुनुको साथै थुप्रै साहित्यिक संघ संस्थाहरुमा आबद्ध छन। उनको अत्याधिक चर्चामा रहेको गिर “रिमे थुमे फ्रे तन रोधी री” लगायत दर्जनौं लोकप्रिय गीतहरु उनकै सृजना हुन्।
तमु संस्कृतिबित तथा साहित्यकार गुरुङले बेलायतबासी ८० जना गीतकारहरुको गीतहरुलाई यस पुस्तकमा संग्रहित गरेका छन भने नेपालका ४२ जिल्ला भन्दा बढी जिल्लाका गीतकारहरुलाई एउटै घरको छानामुनी राख्न सफल भएका छन । गीति संग्रहभित्र प्रत्येक सर्जकहरूको संक्षिप्त परिचय पनि राखिएको छ ।भविष्यमा यस पुस्तक बेलायतबासी गीतकारहरुको एक दस्तावेज बन्ने छ।
बिमोचन कार्यक्रमको अध्यक्षता गुरुङ साहित्य मंच नेपालको अध्यक्ष गौरी गुरुङले गर्नु गरेका थिए भने बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठलाई प्रमुख अतिथिमा र बिशेष अतिथिमा कबि एबं गीतकार दिनेश अधिकारीलाई निम्त्याइएको थियो। कार्यक्रममा रोशन गुरुङले स्वागत मन्तब्य दिएका थिए भने गुरुङ साहित्य मंच नेपालको महासचिब रोशनी गुरुङले संचालन गरेका थिए । कायक्रममा बरिष्ठ संगीतकार बिक्रम गुरुङ लगायत दर्जनौं साहित्यकार तथा समाजसेवीहरुको उपस्थिति थियो। कार्यक्रममा दिनेश अधिकारिले पुस्तकको समिक्षा गरेका थिए भने बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले मन्तब्य राखेका थिए।
सर्जक एकिन्द्र गुरुङले कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि, बिशेष अतिथि, कार्यक्रम संचालिका, शुभकामाना लेखिदिनुहुने महानुभाबहरु, आफ्ना गीत र परिचय उपलब्ध गराइदिनुहुने गीतकारहरु, कार्यक्रममा उपस्थित हुनुभएका महानुभाबहरु लगायत गुरुङ साहित्य मंच नेपालका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएकाका थिए भने अध्यक्ष गौरी तमुले सर्जक एकेन्द्र गुरुङलाई हार्दिक बधाई दिएका थिय ।






