नयाँ कार्य समितिको विशेष पहलमा एनआरएन युके च्यारिटीमा दर्ता

SHARE:

लन्डन — गैर आवासीय नेपाली संघ युके बेलायतको च्यारिटी कमिशनमा एक कल्याणकारी संस्थाको रुपमा दर्ता भएको छ । संस्थाको दर्ता गर्ने प्रकृया २०१७ – २०१९ कार्यकालमा सुरु भए पनि असफल भएको थियो । प्रकृयालाई पुनः सुरु गर्ने निर्णय सहित केहि समय पहिले उपाध्यक्ष सुनिलबाबु खड्कालाई यसको जिम्मेवारी दिइएको थियो ।

संघमा नया कार्यसमिति निर्वाचित भए पछि सबै काम पूर्णरुपमा कानुन सम्मत, तथा पारदर्शिरुपमा गर्ने निर्णय अनुरुप दर्ता प्रकृयालाई विशेष प्राथमिकतामा राखि थप पहल गरिएको थियो । दर्ता प्रकृयाको संयोजन गरिरहनु भएका उपाध्यक्ष खड्काका अनुसार एनआरएनए युकेले दर्ताका लागि आवश्यक सम्पूर्ण मापदण्ड पुरा गरेको प्रमाणित भएपछि मात्र दर्ता सम्पन्न भएको हो ।

“नया कार्यसमितिले सम्पूर्ण कार्यहरुलाई पारदर्शी बनाउने, संस्थालाई कानून सम्मत बनाउने, यस अगाडीका अनियमितता र बक्यौताहरु खोजी गर्ने अभियान नै चलाएको छ । संस्था दर्ता त्यसै प्रकृया अन्तर्गत सम्पन्न भएको एउटा काम हो,” अध्यक्ष प्रेम गाहा मगरले बताए । अब संघका कृयाकलाप संघको कार्यालयबाट सम्पन्न हुनेछन् ।

अध्यक्ष मगरका अनुसार कानुनी रुपमा दर्ता भएको कल्याण्कारी संस्थाले सरकारी तथा अन्य निकायबाट सहयोग पाउने तथा संस्थालाई कल्याणकारी कार्यका लागि सहयोग गर्नेहरु समेतलाई प्रोत्साहन गरिने हुदा अव एनआरएनएका गतिविधिहरुको संन्चालन थप सहज हुनेछ । संस्था च्यारिटीमा दर्ता भए पछि संघका हरेक कृयाकलाप च्यारीटी कमिशनबाट प्रत्यक्ष अनुगमन गरिने हुदा आर्थिक पारदर्शिता हुनेमा समेत कुनै संशय हुने छैन ।

जनहितका कामका लागि आर्थिक सहायता संकलन गर्ने र उद्देश्य अनुसार जनहितमै खर्च गर्ने संस्थालाई च्यारिटी कमिसनमा दर्ता गर्नुपर्ने हुन्छ । स्थापनादेखि नै आर्थिक सहायता संकलन गरी परोपकारी काम गर्दै आइरहेको भएपनि स्थानीय कानुन अनुसार संस्था दर्ता भने गरिएको थिएन।

च्यारिटी ऐन २०११ को दफा ६० अनुसार च्यारिटी संस्थाको रुपमा ११९६०१३ नम्बरमा दर्ता भएको च्यारिटी कमिसनले दिएको प्रमाणपत्रमा उल्लेख छ । च्यारिटी कमिशनमा दर्ता भई परोपकारी काममा सक्रिय संस्थालाई बेलायत सरकारले पनि आर्थिक सहायता उपलब्ध गराउने गर्दछ ।

अगष्ट पहिलो साता सम्पन्न निर्वाचनबाट निर्वाचित प्रेम गाहा मगर नेतृत्वको कार्य समितिले आर्थिक पारदर्शिताको मुद्दालाई प्राथमिकताका साथ अघि सारेको छ ।

एनसीसी यूकेले केही दिनअघि मात्रै (सेप्टेम्बर १९ मा) युवा र महिला सशक्तीकरणको उद्देश्यसहित अल्डरसटमा च्यारिटी डिनरको आयोजना गरेको थियो । तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको अवसर पारेर आयोजित च्यारिटी डिनरमा बेलायतका लागि तत्कालिन नेपाली राजदूत लोकदर्शन रेग्मीसहित संसारभरबाट बेलायत पुगेका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!