शेष घलेले एनआरएनए यूकेको कार्यालय समुदघाटन गर्ने

SHARE:

लण्डन । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उदघाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले गर्ने भएका छन् । बेलायतको अल्डरसटमा स्थापना गरिएको कार्यालयको उदघाटन आगामी अक्टोबर १० आइतबारको दिन हुँदैछ । बिहान ११ बजे सुरु हुने विशेष समारोहमा एनआरएनए आइसीसीका पूर्व अध्यक्ष घलेले कार्यालयको उदघाटन गर्ने एनसीसी यूकेका महासचिव खुशी लिम्बुले जानकारी दिए ।

गैर-आवासीय नेपाली संघको स्थापना दिवसको अवसर पारेर एनसीसी यूकेले कार्यालय उदघाटन गर्न लागेको हो । प्रत्येक वर्ष अक्टोबर ११ मा एनआरएन डे मनाउने गरिन्छ । सन् २००३ मा बेलायतबाटै एनआरएनएको घोषणा गरिएको हुनाले ‘एनआरएन डे’ कै अवसर पारेर कार्यालय उद्घाटन गर्न लागिएको हो” महासचिव खुशी लिम्बुले मिडियालाई बताए ।

एनआरएनएको स्थापना सँगै बेलायत राष्ट्रिय परिषद (एनसीसी) को स्थापना भएपनि हालसम्म औपचारिक रुपमा संघको आफ्नै कार्यालय स्थापना हुन सकेको थिएन । गत अगष्ट पहिलो साता सम्पन्न निर्वाचनबाट निर्वाचित एनसीसी यूकेको नयाँ कार्य समितिले पहिलो पटक बेलायतमा आफ्नै कार्यालय स्थापना गरेको हो । एनआरएनए स्थापना दिवस कार्यक्रम र कार्यालय शुभारम्भ एकसाथ गर्न लागिएको महासचिव लिम्बुले जानकारी दिए ।

गैर-आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को दुई कार्यकाल (२०१३–२०१५ र २०१५–१७) लगातार नेतृत्व गरेका डा. घले विश्वप्रसिद्ध व्यवसायी हुन् । अष्ट्रेलियाका ख्यातिप्राप्त व्यवसायी घले हाल संघको प्रमुख संरक्षक रहेका छन् ।अष्ट्रेलियामा मात्र नभई विश्वका ठूला सहरमा लगानी गरेका घलेले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

गैर–आवासीय नेपाली संघको आसन्न दशौं महाधिवेशनका विषयमा उत्पन्न कतिपय विवाद सुल्झाउन पनि घले सक्रिय छन्। संघलाई निर्विवाद सञ्चालन गर्न र प्रवासमा रहेका सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्न उनी सक्रिय रहेका छन् । उनकै कार्यकालमा गोर्खा जिल्लाको लाप्राकमा भूकम्प पीडितहरुका लागि आवास निर्माण सुरु गरिएको थियो भने ुभिजन २०२० एण्ड बियोण्ड नामक दस्तावेज पनि पारित गरिएको थियो।

नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पका बेला उद्धार तथा मानवीय सहायताका लागि डा. घलेको योगदान स्मरणीय रहेको छ । उद्घाटनको कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका प्रतिनिधिका साथै एनआरएनए यूकेका संस्थापक पदाधिकारी तथा समाजका अगुवाहरुको उपस्थिति रहने महासचिव खुशी लिम्बुले जानकारी दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!