अफगानिस्तानको एक मस्जिदमा आत्मघाती आक्रमण,५० जनाको मृत्यु

SHARE:

एजेन्सी असोज २२ ।

उत्तरी अफगानिस्तानको कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

आक्रमणमा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मा लिएको छैन । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले शिया धर्मावलम्बीको मस्जिदमा विस्फोट भएको बताए ।

सुरक्षा बलले घटनाबारे अनुसन्धान सुरु गरेको छ । गएको अगस्टमा तालिबान समूहले अफगानिस्तान कब्जा गरेपछि सुरक्षा अवस्था कमजोर बनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!