लिम्बुवानका नेताद्वय लिङदेन र माखिम युके आउँदै

SHARE:

लन्डन । लिम्बुवानका नेता तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन जुलाईको दोस्रो हप्ता युके उत्रने भएका छन् ।

लिङदेन किरात याक्थुङ चुम्लुङद्वारा वार्षिक रुपमा आयोजना हुने चासोक तङनाममा सहभागी जनाउन बेलायत आउन लागेका हुन् । उनले तङनाम कार्यक्रममा शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ भने १५ जुलाईको दिन आसफोर्डमा एक राजनैतिक सभाको आयोजना गरिएको छ ।

त्यस्तैगरी लिम्बुवानी नेता तथा संघीय समाजवादी फोरम नेपालका पोलिटब्यूरो सदस्य खगेन्द्र माखिम पनि राजनैतिक कार्यक्रमका लागि युके आउने तयारीमा छन् । उनी यही जुलाईभित्र आउने तयारी रहेको लाहाङ चेम्जोङले जानकारी दिएका छन् । सम्भवतः नेता माखिमले पनि तङनाममा सहभागी हुनेछन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!