नगेन्द्रराज नेम्वाङ
अल्डरसट । गत १ जुलाई आइतबारका दिन अल्डरसटस्थित क्विन्स एभिन्युस्थित खेल मैदानमा गोर्खा रेजिमेन्ट क्यूओजीएलआरले ६० औं जन्मोत्सव मनाएका छन् ।
पल्टनमा कार्यरत र अवकाश प्राप्त सदस्यहरु र उनीहरुको परिवारलाई एकै थलोमा जम्मा गरी एकआपसमा भेटघाट गराउने उद्देश्यले एक बिशेष कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । २८ एसक्युएन सार्जन्ट मेजर गिरीराज लिम्बूले स्वास्थ्य र सुरक्षाको सचेत गराउँदै सुरुआत गरिएको कार्यक्रममा Colonel of The Regiment मेजर जेनेरल ASJ FAY, CB ले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै, 2nd लेप्टेन Hoccom ले क्युओजिएलआरको इतिहास पढेर सुनाएका थिए ।
करिब ५०० जनाको उपस्थिति रहेको कार्यक्रममा Colonel of The Regiment ASJ FAY, Chairman of the Regiment Lt Colonel Green Commander QOGLR Colonel West र गोर्खा मेजर चक्रबहादुर खत्रीले सामूहिक रुपमा ६० औं जन्मजयन्तीको केक काटेका थिए ।
कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्टको सहयोगार्थ १०० किमि ट्रेयल वाल्कर २०१७ मा भाग लिई सफलतापूर्वक दूरी पूरा गर्ने जेन रिहला, भाल वाटसन, सरु साहा, उष्णा गुरुङ, अर्पणा गुरुङ, मीना शाही, गीता थापा र लक्ष्मी थापालाई प्रसंशा पत्र प्रदान गरी Colonel of The Regiment द्वारा सम्मान गरिएको थियो ।
क्यूओजीएलआरमा भर्ती भएका इन्टेक २०१६ र इन्टेक २०१७ का जवानहरुलाई कसम खाने परेड पनि सम्पन्न भएको थियो । परेडको सलुट प्रिन्सेस आनले लिएका थिए । ६० औं जन्मदिन र कसम खाने परेडलाई आकर्षक बनाउन पनि सिल्भर स्टार प्यारासुट डिस्प्ले गरेका थिए । मनोरञ्जनका लागि ब्रिगेड व्याण्ड र क्यूओजीएलआर पाईप एन्ड ड्रमको प्रस्तुति रहेको थियो । त्यस्तै, पृष्टिना र जेनिषा थकालीले नेपाली गीतमा नृत्य प्रस्तुत् गरेका थिए भने क्युओजिएलआरमा कार्यरत जवानहरुले खुकुरी डान्स पनि गरेका थिए ।
रेजिमेन्टका कार्यरत एवं अवकाश प्राप्त सदस्य र उनीहरुको परिवारको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई कर्पोरल महेश वनेमले सञ्चालन गरेका थिए ।






