पत्रकार महासंघ युकेद्वारा सदस्यता व्यवस्थापन तथा शुद्धिकरण समिति गठन

SHARE:

एटा संवाददाता
अल्डरसट । नेपाल पत्रकार महासंघ युकेले सदस्यता व्यवस्थापन तथा शुद्धिकरण समिति गठन गरेको छ ।
प्लमस्टिडस्थित गोर्खा क्लबमा गत आइतबार १ जुलाईका दिन सम्पन्न चौथों कार्यसमितिको पूर्ण बैठकले सदस्यता व्यवस्थापन तथा शुद्धिकरणका लागि भन्दै भगीरथ योगीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा वरिष्ठ उपाध्यक्षद्वय धु्रव अर्याल र श्याम लुइँटेल, उपाध्यक्ष बिमला सेने र महासचिव सञ्जयभक्त कँडेल सदस्य छन् ।

पत्रकार महासंघ युकेको सदस्यता वितरणमा केही गुनासा बाहिर आएपछि गत १९ मे मा सम्पन्न चौंथो अधिवेशनको बन्दसत्रले भगीरथ योगीको संयोजकत्वमा सदस्यता शुद्धिकरण गर्ने प्रस्ताव पारित गरेको थियो । सदस्यता वितरण, बुझबुझारथ, चौंथो अधिवेशनको समीक्षा र शाखामा परेको उजुरीलगायत विषयमा केन्द्रित बैठकमा आगामी कार्ययोजनाबारे व्यापक छलफल गरिएको पत्रकार महासंघ युकले जनाएको छ ।

त्यस्तै, निवर्तमान महासचिव लिलामान शेरपुञ्जाले वर्तमान महासचिव सञ्जयभक्त कँडेललाई शाखाको निर्णय पुस्तिका र निवर्तमान कोषाध्यक्ष पूर्ण गुरुङले वर्तमान कोषाध्यक्ष सिद्धार्थबिक्रम क्षेत्रीलाई शाखाको आय–व्यय विवरण बुझाएका थिए ।

बैठकले चौंथो अधिवेशनमा भएका केही कमीकमजोरीलाई सुधार गर्दै लैजाने निर्णय गर्र्दै अधिवेशन भव्य रुपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ । त्यस्तै, अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा आएका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य र महासचिव रामेश विष्ट, एनआरएनए युकेलगायत सम्पूर्ण व्यक्ति र संघसंस्थाहरुलाई एकमुष्ठ धन्यवाद ज्ञापन गरेको छ ।

त्यस्तै, महासचिव कँडेलले अधिवेशनका दिन शाखा सदस्य खुसी लिम्बूले आफूलाई सांघतिक आक्रमण गरेको शाखामा दिएको उजुरीमाथि व्यापक छलफल हुँदा निज लिम्बूलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै, बैठकले पत्रकार महासंघ युके शाखाका सदस्य प्रकाश अर्यालका पिता धर्मराज अर्याल र शाखाकै पूर्वसल्लाहकार केशव भण्डारीका माता कौशल्यादेवी भण्डारीको हालै भएको असामयिक निधनप्रति कार्यसमितिले शोक प्रस्ताव समेत पारित गरेको छ ।

सो अवसरमा गोर्खा क्लब परिवार, प्रतिभा नक्षत्र परिवार युके र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युकेको तर्फबाट इनास युकेका अध्यक्ष मनिष श्रेष्ठले नेपाल पत्रकार महासंघ युके शाखाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका थिए । त्यस्तै, प्रतिभा नक्षत्र परिवार युकेका राजेन्द्र खसले नक्षत्र परिवारले आउँदो १९ अगस्टका दिन आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिएका थिए ।

नेपाल पत्रकार महासंघ बेलायत शाखा अध्यक्ष नरेश खपाङ्गीको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिव कँडेलले सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!