करेन्ट लागेर डोटीमा चारको मृत्यु

SHARE:

धनगढी । डोटीको आदर्श गाउँपालिका–१ मा मंगलबार साँझ करेन्ट लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ३२ वर्षीय जयबहादुर खड्का, २४ वर्षीय लोकेन्द्रबहादुर खड्का, २३ वर्षीय वीरेन्द्र खड्का र २३ वर्षकै दिपे खड्का रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

घटनामा परी सोही ठाउँका २४ वर्षीय नारायण खड्का गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि डोटीको सिलगढीस्थित शैलेश्वरी अस्पतालमा पुर्‍याइएको छ ।

झन्डै आठ मिटर लामो बिजुलीको फलामे खम्बा उखेलेर अन्यन्त्र सार्ने क्रममा ११ हजार भोल्टको प्रशारण लाइनमा छुँदा उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!