जसराज किराँती प्रतिभा पुरस्कार रजनी र शान्तिरामलाई

SHARE:

लण्डन अप्रिल १५ ।

जसराज किराँती प्रतिभा प्रतिष्ठान नेपाल बेलायतले खोटाङका सङ्गीतकार शान्तिराम राई र स्याङ्जाकी साहित्यकार तथा समालोचक डा. रजनी ढकाललाई जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।

हालै प्रतिष्ठानका अध्यक्ष रक्ष राईको अध्यक्षतामा बसेको बैठकले सङ्गीतकार शान्तिराम राईलाई सन् २०२० का लागि र डा. रजनी ढकाललाई सन् २०२१ का लागि जसराज किराँती प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही ५० हजार र ताम्रपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

खोटाङका वरिष्ठ कवि जसराज किरातीको नामा स्थापित प्रतिष्ठानबाट यसअघि मनु मञ्जिल, श्रवण मुकारुङ, वीरु बाङ्देल सिक्किम, डा. विन्दु शर्मा पुरस्कृत भइसकेका छन् । पुरस्कार यही महिनाको तेस्रो साता राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रक्ष राईले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!