२०५ औं भानुजयन्ती तथा सुप्रमा पुरस्कार वितरण कार्यक्रम २९ जुलाईमा

SHARE:

लन्डन । प्रत्येक वर्ष अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले आयोजना गर्ने आदिकवि भानुभक्त जयन्ती र सुन्दरप्रसाद मानन्धर ‘सुप्रमा’ पुरस्कारे वितरण कार्यक्रम यही २८ जुलाईमा हुने भएको छ ।

कार्यक्रम ६०पानफिल्ड, आबिवुड, लन्डन, एसई२ ९डीक्यूमा दिउँसो १ बजे सुरु हुने समाजका अध्यक्ष सुमलकुमार गुरुङले जानकारी दिए । सर्जक र साहित्य अनुरागीहरूको उपस्थिति संख्या बढ्ने पक्का भएकोले वुलवीचको ठूलो हलमा कार्यक्रम गरिन लागेको हो ।

कार्यक्रमलाई भव्यताका साथ सञ्चालन गर्न आयोजक कमिटीले जिम्मेवारी बाँडफाँट गरेको छ ।

मानन्धर परिवारको सहभागिता रहने सो कार्यक्रमको रौनक बेग्लै हुने आयोजको अपेक्षा छ । अध्यक्ष गुरुङले सहभागिताका लागि सबै बेलायतका साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधिहरूलाई सूचना पठाइसकेको बताए । प्रत्येक वर्ष वितरण गरिने सुप्रमा पुरस्कारको राशि २५१ पाउन्ड र प्रशंसा पत्र रहेको छ । सो पुरस्कार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईं र दुर्गाप्रसाद पोखरेलले पाइसकेका छन् ।
बेलायतका सर्जकहरूको अतिक्रियाशील संस्था अनेसासले प्रत्येक वर्ष नेपाली साहित्यका हस्तीहरूका जयन्ती क्रमैसँग विगत एकदशकदेखि मनाउँदै आएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!