पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालमा फुटबल विकासका लागि रोडम्याप तयार गरिरहेको बताएका छन् । सहारा क्लब पोखरा र सहारा युकेका प्रतिनिधीहरुसँगको भेटघाटमा अध्यक्ष शेर्पाले उक्त कुरा बताएको हुन् । उनले एन्फाले नेपालमा अब तिब्र गतिका साथ फुटबल बिकासका लागि काम गर्ने भएकाले नीतिगत रुपमा अगाडि बढाउन रोडम्याप तयार गर्न लागेको जनाए ।
नेपालका सबै जिल्लामा तल्लोतह नै फुटबल बिकासका लागि आधारशिलाहरु स्थापित गर्दै सातवटै प्रदेशमा कम्तिमा पनि दुईवटा प्रशिक्षण केन्द्र स्थापना गर्ने सोचसमेत रहेको अध्यक्ष शेर्पाले बताए । सो अवसरमा एन्फा उपाध्यक्ष कृष्ण थापाले टेक्निकल पक्षको बारेमा आफ्नो भनाइ राखेका थिए । सहारा यूकेका पूर्बअध्यक्ष दिलिप गुरुङ, सहारा क्लबका पूर्व सल्लाहकार तथा एनआरएन यूकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, सहारा यूकेका सल्लहाकार लालकाजी गुरुङ, सहारा क्लबका पूर्बअध्यक्षद्वय बिक्रम थकाली, केशव थापा र एन्फा पदाधिकारीको पनि उपस्थिति थियो ।
सहारा यूकेका प्रतिनिधी मण्डलले सो अवसरमा अध्यक्ष शेर्पालाई खादा र मायाको चिनो दिएर बधाइ दिंदै कार्यकाल सफलताको कामना गरेका थिए । सो अबसरमा उनीहरुले नेपाली टिम बेलायतमा प्रशिक्षण आएको बेला सहयोग गर्ने बताए ।


