बिश्व नेपाली साहित्य महासंघ बेलायतका सर्जकहरु डा. नाजसँग साहित्यिक भेटघाट

SHARE:

लन्डन मे ११। साहित्यकार डा.नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग एक साहित्यिक साँझ’ कार्यक्रममा सिंहले आधा दर्जन बढी सिर्जनाहरू सुनाएका थिए । उनी विश्व नेपाली साहित्य महासंघकी केन्द्रीय सदस्य हुन् । कार्यक्रम महासंघको दक्षिण यूके र पश्चिम यूके शाखाहरूले संयुक्त रूपमा आयोजना गरेका थिए ।

महासंघका पश्चिम शाखा अध्यक्ष लालसुन्दर राईको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यउपर दक्षिण यूकेका अध्यक्ष विजय हितानले प्रष्ट पारे । सोही शाखाका सचिव अमित थेवेको सञ्चालनमा भएको कार्यक्रममा सिंहका वाचित सिर्जनाहरू उपर महासंघकी महासचिव सुनिता राई कन्दङवा र पूर्व अध्यक्ष विश्वासदीप तिगेलाले समीक्षा गरेका थिए । पेशाले चिकित्सक रहेकी सिंह नेपालको सिरहा जिल्लाको लाहानकी हुन् ।

उनी विगत २८ वर्षदेखि रुसमा थिइन् । त्यहाँबाट भारतको नयाँ दिल्लीमा व्यवसायका सिलसिलामा पुगेकी उनी अहिले बेलायतमा पारिवारिक कामका सिलसिलामा आएकी छिन् । मैथिली, हिन्दी, नेपाली, अंग्रेजी भाषामा कलम चलाउने उनको सन् २०१९ मा ‘तिर्खा’ नामक त्रैभाषिक कविता संग्रह प्रकाशित भएको छ । उनको मैथिली कविता ‘सिया’ उच्च तहको पाठ्यक्रममा समावेश समेत भएको छ । त्यस्तै, नेपाली र हिन्दीका लोकप्रिय पुस्तक र पत्रपत्रिकाहरूमा कविता छापिएका छन् ।

बुधबारको कार्यक्रममा उनले ‘मेरो देश र तिमी’ बाट सिर्जना सुनाउन थालिन् । यस कवितामा उनले देश र प्रेमीको माया दर्शाइन् । त्यसपछि, राजा त्रिभुवनकी सहयोगी जर्मनकी एरिकाको सम्झनामा ‘एरिकाको यत्न’ पस्किइन् । त्यस्तै, मधेश आन्दोलनको राप देखेपछि लेखकेको ‘परिचयको प्रश्न’, इको कविता ‘प्रकृतिसँग वार्तालाप’, नारीवादमा आधारित भएर लेखिएको ‘मोनालिसा र म’, सीताको चरित्रमा आधारित ‘सिया’ र यौन हिंसाका घटनाले आक्रोशित भएपछि लेखेको ‘देशका छोरीहरू’ सुनाइन् ।

कार्यक्रममा सुनिता राई कन्दङवा, रीतादेवी प्रधान, लालसुन्दर राई, गोमा राना, होम किरात सुनुवार लगायतले समेत रचना सुनाए । कार्यक्रममा जानु काम्वाङ, नानु राना थापा, देवी आले, जित बुढाथोकी छन्त्याल, जय तामाङ, लीला सेलिङ माबो, औतारी साइँला, सर्वधन थुलुङ, विश्व थापा, सुष्मा रुपाबुङ, सञ्जीव पारदर्शी, गंगा भण्डारी, दूत पुन, मनु राना लगायत उपस्थित थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!