बेलायतमा ५ जुलाईमा गायिका सोनी कुँवर क्षत्रीको अन्तिम सांगीतिक कार्यक्रम

SHARE:

लन्डन । चार महिनाभन्दा बढी समयदेखि बेलायत रहेकी गायिका सोनी कुँवर क्षत्रीको यही ५ जुलाईमा अन्तिम सांगीतिक कार्यक्रम हुँदैछ ।

आइतबार बेलुका ७ बजे ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा अन्तिम सांगीतिक भेटघाट तथा बिदाइ कार्यक्रम हुन लागेको हो । गायिका सोनीले आफ्नो बिदाइ कार्यक्रममा उपस्थित हुन बेलायतवासी नेपालीलाई अनुरोध गरेकी छन् ।

‘युकेको ४ महिना १५ को सांगीतिक भ्रमण सकेर नेपाल फर्किने दिन पनि आयो, यहि ५ जुलाई आइतबार बेलुका ७ बजे ठमेल दोहोरी तथा ढिडो घर अल्डरसटमा अबको हाम्रो अन्तिम सांगीतिक भेटघाट तथा बिदाई कार्यक्रम रहेकोले युकेमा रहुन्जेल मलाई माया गर्नुहुने, आशीर्बाद दिनुहुने विभिन्न संघसंस्थामा आबद्ध सम्मानित व्यक्तित्वज्यूहरु, सम्पूर्ण आदरणीय बेलायतवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी आफन्तजन तथा इष्टमित्रज्यूलगायत सम्पूर्ण गीत, संगीतप्रेमीज्यूहरु सबै सबैलाई मेरो अन्तिम बिदाई कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक आनुरोध गर्दछु,’ उनको फेसबुकमा छ ।

गत फेब्रुअरी तेस्रो साता बेलायत आएकी सोनीले विभिन्न संघ संस्थाका कार्यक्रम, आफ्नै एकल सांगीतिक कार्यक्रममा समेत प्रस्तुति दिइसकेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!