सम्झनामा पारिजात [कविता]

SHARE:

जब सडक पेटीका
ज्याकारन्ड फूलहरू निलाम्य फूलेर
वसन्त आएको सन्देश दिन्छन्
तब अँध्यारो रातको शान्त छायाँमा
अझै पारिजात ब्युँझिरहेझैं लाग्छ
पूरा वातावरण फूलको सुगन्धले
सुगन्धित भएर, कतैबाट
पुरानो समयले चिहाइरहेझैं लाग्छ
ती सम्झनाको गहिरो छापले
हावा पनि भारी भएझैं लाग्छ
बगैंचाका सबै रङहरू
किन किन फिका भएझैं लाग्छ ।
म हेरिरहन्छु त्यतैतिर…
ती राता-निला फूलहरू हावाको गतिमा
कहिलेकाहीं सरसराएर मुस्कुराउँछन्
पुतली र भमराहरू पनि फुर्फुराउँछन्
तर पारिजातको सम्झनाले
भित्र भित्र सबै उदास भएझैं लाग्छ,
ती फूलहरूको सुन्दरता पनि
थकित-थकित भएझैं लाग्छ ।
कहिले उनका सम्झनाहरू
हावामा उडिरहेका धुवाँझैं लाग्छन्
देख्दा देख्दै पनि
समाउन खोज्दा खोज्दै पनि
हराएझैं लाग्छन् ।
समय रोकिन्न र अघि बढिरहन्छ
तर मेरो मन भने त्यहीं अड्किरहन्छ
र वसन्तका हरेक साँझहरूमा
पुरै बगैंचा नै निःशब्द, मौन रहिरहन्छ
मौन रहिरहन्छ …।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!