न्यायाधीश विवाद संवैधानिक इजलाशमा

SHARE:

काठमाडौँ, सर्वोच्च अदालतले उच्च अदालतका लागि नियुक्त भएका ८० न्यायाधीशको नियुक्तिका विषयमा भएको विवादलाई संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले बिहीबार उच्च अदालतलको ८० न्यायाधीशको नियुक्तिका विषयमा गम्भीर संवैधानिक जटिलता देखिएको हुँदा संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको हो ।

न्याय परिषद्ले उच्च अदालतका लागि २०७३ पुस २९ गते उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

आदेशमा न्याय परिषद् ऐनअनुसार समानुपातिक सिद्धान्तलाई न्यायाधीश नियुक्ति गर्दा नसमेटेकाले संवैधानिक इजलासमा पठाउनेैपर्ने आवश्यकता परेको उल्लेख छ ।

दुई वर्षअघि नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेललगायतले यस सन्दर्भमा छुटृाछुटैृ रिट निवेदन दायर गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!