रेणु रिलामी मगरको मार्मिक गीत ‘मेरी आमा’

SHARE:

पोखरा २५ जुन २०२२ । गायिका तथा गीतकार रेणु रिलामी मगरले मार्मिक लोकगीत ‘मेरी आमा’ ल्याएकी छन् । उक्त गीत रमाइलो रिसिङ युट्युब च्यानल घिरिङमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

मेरी आमामा शब्द/स्वर रेणु रिलामीको रहेको छ भने लय निर्माण रोशन गुरुङले गरेका छन् । अभिनय गायिकासमेत रहेकी सरिता सारु मगर, रेशल, सिद्धले गरेका छन् भने एरेन्जको भूमिका सागर विरहीले निभाएका छन् । स्टुडियो मालाश्री रहेको छ भने रेकर्डिङ खड्क बाजुरालीले गरेका छन् ।

गोविन्द पुन मगरले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन सन्तोष पिठाकोटे मगर, सम्पादन दानबहादुर श्रीस मगर, कलर माधव गुरुङ, श्रृगार आशीष गुरुङ, प्राविधिक भूमिराज बलामी मगर र दृष्य निर्माण टाइगर्स फिलिम्स् प्रालिले गरेको छ ।

गायिका रिलामी मगरले आफ्नो नयाँ गीत ‘मेरी आमा’ के कस्तो लाग्छ हेरेर सल्लाह, सुझाव दिन आग्रह गरेकी छन् । यो गीत निर्माणको क्रममा जो जतिले साथ सहयोग, आँट, हौसला तथा आशीर्वाद दिएर माया दर्शाए उनीहरुप्रति उनले आभार प्रकट गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!