चलचित्र ‘शिरसुबा’ सेप्टेम्बरमा बेलायतका विभिन्न ठाउँमा प्रदर्शन हुने

SHARE:

लन्डन २९ जुन २०२२ । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुक प्रस्तुति रहेको चलचित्र ‘शिरसुबा’ सेप्टेम्बरमा बेलायतका विभिन्न ठाउँमा प्रदर्शन हुने भएको छ ।

सेप्टेम्बर महिनाको ३ तारिख अल्डरसटको प्रिन्सेस हलबाट बेलुकी ५ बजे सुरु हुने चलचित्र शिरसुबा, सेप्टेमबर ११ मा YorK को याक एन यति रेस्टुरन्टमा, १८ सेप्टेम्बरमा प्लमस्टेड र सेप्टेम्बर २४ मा स्विन्डनमा प्रदर्शन हुने आयोजकले जनाएको छ । शिरसुबा यूकेको प्रदर्शनका लागि पीपल मोर्गेजले प्रायोजन गरेको छ भने घान्द्रुक समाज यूके, तमुधिं यूके, घोताने समाज यूके र ग्रेटर रस्मुर नेपाली समाजले सहयोग गरेका छन् ।

बिदेशमा बसेर पनि आफ्नो गाउँ-ठाउँको, भाषा, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरेको चलचित्र ब्यनरमा पहिलो चलचित्र ‘भ्रे’ पनि देश-बिदेशमा धेरै दर्शकले मन पराइदिएका थिए । गाउँको चलचित्र देखाएर आएको मुनाफा गाउँमा नै दिने उद्दश्यले पहिलो चलचित्रबाट आएको मुनाफा घान्द्रुक गाउँको साझा भवन ‘रोधी क्लब भवन’ निर्माणमा सहयोग गरिएको थियो ।

कोभिडको कारण फिल्म छेत्रमा ठूलो क्षति पुर्‍याए पनि ‘शिरसुबा’ चलचित्रले नेपालमा राम्रो बजार लिएको निर्माण पक्षको भनाइ छ । शिर सुबा चलचित्रबाट आएको मुनाफा अन्नपूर्ण गाउँपालिका- १०, घान्द्रुक गाउँको श्री मेश्रम बाराह स्कुलको ११-१२ क्लास सञ्चालन सहयोगर्था गरिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!