स्वर्गीय डा. ओम गुरुङको शाेकसभा सपन्न

SHARE:

स्वर्गीय डा.ओम गुरुङको शाेकसभा सपन्न

२९ अक्टोबर, लन्डन । आदिवासी जनजाति आन्दोलनका बाैद्धिक नेता एबं पुर्ब महासचिब डा. ओम गुरुङको शाेकसभा भर्चुल तथा जुममार्फत सम्पन्न भएको छ । यस शोकसभा नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युके र नेपाल आदिवासी जनजाति युबा महासंघ युकेको संयुक्त आयाेजनामा सम्पन्न भएको हो।

नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व महासचिव डा. गुरुङ क्यान्सर राेगबाट पीडित थिए । डा. गुरुङको ६८ वर्षको उमेरमा गत 17 October 2022 साेमबारका दिन ललितपुरमा उपचारका क्रममा निधन भएको थियाे । उनी त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म बिक्रम सम्बत २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । सन् १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी रहेका छन् ।

शोकसभामा नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका महासचिब पेम्बा गेलु शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ इजराइलका महासचिब इन्दु लावती, नेपाल आदिवासी जनजाति महासंघ युकेका निबर्तमान अध्यक्षहरु श्री लिम्बु, तुल छन्त्याल, सल्लाहकारहरु, बेलायतमा स्थापित नेपाल आदिवासी जनजाति महासंघका अध्यक्षहरु, जातीय संस्थाका अध्यक्षहरुलगायत उपस्थित सम्पूर्ण व्यक्ति तथा ब्याक्तित्वहरुले स्वर्गीय गुरुङले नेपाल आदिवासी जनजातिको लागि खेलेको भूमिका, योगदानको बारेमा आ-आफ्नो मन्तब्य राख्दै, मृतात्माको चिर शान्तिको हार्दिक श्रद्धान्जली अर्पण गर्दै, सोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले अध्यक्षता गर्नु भएको शोकसभालाई नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका बरिष्ठ उपाध्यक्ष गंगा माया दुराले स्वागत मन्तब्य राखेका थिए भने महासचिब बिमला सेनेले संचालन गरेका थिए। शोकसभामा नेपाल आदिवासी जनजाति महासंघ युकेका बरिष्ठ उपाध्यक्ष लिला सेलुङ माबोले स्वर्गीय गुरुङको बारेमा संक्षिप्त जीवनी प्रस्तुत गरेका थिए।

शोकसभामा नेपाल आदिवासी जनजाति महासंघ युकेका निबर्तमान अध्यक्षहरु ले. श्री लिम्बु, तुल छन्त्याल, सल्लाहकारहरु भक्त दुरा, एकिन्द्र गुरुङ, ज्ञाम गुरुङ, दुत पुन, बिश्वासदिप तिगेला, डा सुमाया राई, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका बरिष्ठ उपाध्यक्ष गङ्गा माया दुरा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष अमित थेबे (मिहाङ) नेपाल आदिवासी जनजाति महासंघ इजराइलका महासचिब इन्दु लावती, हेल्मो समाज इजराइलका अध्यक्ष समिर हेल्मो, शेर्पा समाज समाज इजराइलका अध्यक्ष आङ छिरिङ शेर्पा, किरात याक्थुम चुम्लुम इजराइलका अध्यक्ष नुमा काङभा, नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका महासचिब पेम्बा गेलु शेर्पा, किरात याक्थुम चुम्लुम युकेका अध्यक्ष दिपेन्द्र यक्सो, बिस्व नेपाली साहित्य महासंघ पश्चिम शाखाका गङ्गा भण्डारी, हेम गुरुङ पोर्चुगल, नयन इम्सोम इजराइल, लगायत बेलायतमा स्थापित जातीय संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!