टी-२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डमाथि इंगल्यान्डको शानदार जित

SHARE:

एजेन्सी नोभेम्बर १ ।

इंगल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गरेको छ।

ब्रिसबेनमा टी-२० विश्वकपअन्तर्गत मंगलबार भएको खेलमा विजेता बन्दै इंगल्यान्डले सेमिफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेको छ । टस जितेर ब्याटिङ गरेको इंगल्यान्‍डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाउँदै १७९ रन बनाएको थियो। इंगल्यान्डका लागि जोस बट्लरले सर्वाधिक ७३ रन बनाए। त्यस्तै एलेक्स हल्सले ५२ र लियामले २० रन बनाए ।

यता जवाफी ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरको खेलमा १५९ रनमात्र बनायो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्स सर्वाधिक ६२ रन बनाए भने केन विलियम्सनले ४० रन बनाए । जितसँगै इंगल्यान्डले ४ खेलमा ५ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ। ५ अंक रहेको न्युजिल्यान्ड रनरेटका आधारमा पहिलो स्थानमा छ।

त्यस्तै तेस्रो स्थानमा ५ अंकसहित अष्ट्रेलिया र चौथो स्थानमा ४ अंकसहित श्रीलंका रहेका छन् । सबैले सेमिफाइनल पुग्ने सम्भावनालाई जिवितै राखेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!