काठमाडौं नोभेम्बर २ ।

क्रिकेटर सन्दीप लामिछानेका वकिलले बलात्कार पुष्टि हुने प्रमाण पीडित पक्षले पेश गर्न नसकेको दाबी गरेका छन् ।
उनका वकील मुरारी सापकोटाले जबर्जस्ती करणीको अभियोग दर्ता गराएकी किशोरीको पक्षले बलात्कार पुष्टि हुने प्रत्यक्ष प्रमाण पेश गर्न नसकेको दाबी गरेका हुन् । बहसको पहिलो दिन आज काठमाडौं जिल्ला अदालतमा सन्दीपका तर्फबाट दुई कुरामा जोड दिएको उनका वकील सापकोटाले बताए। उनले पीडित भनिएकी किशोरीको वास्तविक उमेर नागरिकता वा जन्मदर्ता केलाई आधार मान्ने भन्नेमा पनि बहस गरेको बताए ।
उनका अनुसार सन्दीप पक्षधर कानून व्यवसायीले बहसमा पीडित किशोरीको उमेरको आधार नागरिकतालाई नभएर जन्मदर्तालाई मान्नुपर्नेमा जोड दिएका थिए । सापकोटाका अनुसार सन्दीपको पक्षका कानून व्यवसायीहरूले पीडित किशोरीको उमेर जन्मदर्तालाई आधार मानेर बहस गर्नुपर्नेमा जोड दिएका छन् । जागिर खानका लागि उमेर घटाएर नागरिकता बनाउने प्रचलन रहेकाले जन्मदर्तालाई नै यो मुद्दामा उमेरको आधार मान्नुपर्नेमा जोड दिएको उनको भनाइ थियो ।
आज शुरु भएको थुनछेक बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ।






