माओवादी केन्द्रको सात लाख ६३ हजार
काठमाडौं २६ नोभेम्बर २०२२ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले झन्डै १८ लाख मत प्राप्त गरेको छ । निर्वाचन आयोगको वेबसाइटअनुसार शनिबार बिहान साढे ९ बजेसम्मको मतपरिणाम अनुसार एमालेले १७ लाख ९२ हजार ४७० मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १७ लाख २६ हजार ८७८ मत प्राप्त गरेको छ ।
घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ८४ हजार ७६८ मत प्राप्त गरेको छ भने नेकपा (माओवादी केन्द्र) ले अहिलेसम्म सात लाख ६३ हजार ४६ मत प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ९९ हजार ५५१, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख १६ हजार २०५, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ६१ हजार ३४७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख ५५ हजार ५७३ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीले १ लाख ४४ हजार ५७८ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।