राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

SHARE:

काठमाडौं डिसेम्बर १५ ।

विश्वकप क्रिकेट लिग डिभिजन-२ मा नेपाली क्रिकेट टोलीको निराशाजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजीनामा दिएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारततर्फ लागेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको क्यानले जनाएको छ । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले पद छाडेपछि यसै वर्ष साउनमा प्रभाकर नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले हालै नामिबियामा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ का ४ खेलमध्ये एक खेलबाहेक बाँकी खेलमा पराजित भएको थियो ।

यससँगै नेपालको विश्व क्रिेकट लिग डिभिजन–२ को अंक तालिकाको शीर्ष तीनभित्र रहन कठिन भएको छ। नेपालले नामिबियासँग १ र स्कटल्याण्डसँग २ हार बेहोरेको थियो। हारपछि नेपालको शीर्ष तीनमा रहने सम्भावना अन्त्य भएको थियो । ७ राष्ट्रमध्ये २४ खेलमा मात्र १८ अंक  जोडेको नेपाल छैटौं स्थानमा छ । शीर्ष स्थानको स्कटल्याण्डको ३२ खेलबाट ४६ अंक छ भने दोस्रो स्थानको ओमानको ३६ खेलबाट ४४ अंक छ ।

तेस्रो स्थानको नामिबियाको ३० खेलमा ३७, चौथो स्थानको अमेरिकाको ३६ खेलमा ३५ र पाँचौं स्थानको युएईको २६ खेलमा २७ अंक छ। सातौँ स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ । प्रभाकरको प्रशिक्षणमा नेपालले सेप्टेम्बर–अक्टोबरमा केन्याविरुद्धको टी–२० र एकदिवसीय श्रृंखला जितेको थियो। गत महिना घरेलु मैदानमा सम्पन्न युएईविरुद्धको एकदिवसीय श्रृंखला पनि नेपालले जितेको थियो ।

पछिल्लो समय प्रभाकर र राष्ट्रिय टिमका खेलाडीको सम्बन्धसमेत बिग्रिएको थियो । जसको कारण प्रभाकरको राजीनामा आएको कतिपयले अनुमान लगाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!