लेबनानमा शरणार्थीहरूको खाद्य सुरक्षास्तर चिन्ताजनक : संयुक्त राष्ट्रसंघ

SHARE:

लेबनान १७ डिसेम्बर २०२२ । लेबनानमा शरणार्थीहरूको लागि खाद्य सुरक्षाको स्तर अत्यन्त चिन्ताजनक रहेको विश्व खाद्य कार्यक्रमका प्रतिनिधि र लेबनान देशीय निर्देशक अब्दल्लाह अल वार्दतले शुक्रबार बताएका छन् ।

लेबनानमा सिरियाली शरणार्थीहरूको सन् २०२२ जोखिम मूल्याङ्कनको प्रारम्भिक निष्कर्षमा संयुक्त राष्ट्रसंघ सूचना केन्द्रले जारी गरेको प्रतिवेदन माथि अलवार्दतको टिप्पणीमा सो बारे उल्लेख गरिएको छ ।

“सिरियाली शरणार्थीहरूको खानामा कटौती गरिएको छ, वयस्कहरूले आफ्ना बच्चाहरूलाई दिइने खानाको मात्रा कम गरिरहेका छन् र खाद्यान्न किन्नलाई प्राथमिकता दिन स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च कम गरिरहेका छन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदन अनुसार अधिकांश शरणार्थीको पारिवारिक ऋण बढ्दो छ , धेरैले खाना किन्न पैसा उधारो लिएका छन् र लगभग ८७ प्रतिशत परिवारहरूले खानालाई उनीहरूको मुख्य प्राथमिकताको रूपमा सूचीबद्ध गरेका छन् ।

लेबनानमा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तका प्रतिनिधि अयाकी इटोले भने – संयुक्त राष्ट्रसंघ शरणार्थी राहत निकाय र यसका साझेदारहरूले सबैभन्दा कमजोर अवस्थामा रहेका शरणार्थीहरूलाई मद्दत गर्न र अस्पताल र नगरपालिकालगायत लेबनानका सार्वजनिक संस्थाहरूलाई सहयोग गर्न जारी राखेका छन् तर यो “पर्याप्त छैन। ”

कमजोर अवस्थामा रहेका शरणार्थीहरू र लेबनानी परिवारहरूका लागि थप मद्दत तत्काल आवश्यक छ रहेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!