बेलायतमा निधन भएका डा.खेन्पो जिग्मे ग्याल्जेन शेर्पाको पार्थिव शरीर आज साँझ नेपाल पठाइने

SHARE:

पूर्ण गुरुङ
अल्डरशट, यूके । बेलायतको निजी भ्रमणका क्रममा असामयिक निधन भएका विशिष्ट बौद्ध विद्वान् स्वर्गीय डाक्टर खेन्पो जिग्मे ग्याल्जेन शेर्पाको पार्थिव शरीर आज मंगलबार (२८ जुलाई २०२६) मा नेपाल पठाइँदै छ ।

बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके, थाउजेन्डस् बुद्ध यूके, शेर्पा एसोसिएसन यूके, कोर्बि समाज यूके, इलाम समाज यूकेलगायत बेलायतस्थित विभिन्न संघ–संस्थाहरूको विशेष पहल र संयुक्त प्रयासमा उनको पार्थिव शरीर नेपाल लैजान लागिएको हो । गत जुलाईका ११ को मध्यरातमा निधन भएका डा.शेर्पाको पार्थिव शरीर मंगलबार २८ जुलाईका साँझ नेपाल पठाउन लागिएको बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाले जानकारी दिए । साथै, उनको पार्थिव शरीर नेपाल पठाउनमा आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यअनुरुप बुद्धिस्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके, थाउजेन्डस् बुद्ध यूके, शेर्पा एसोसिएसन यूके, बुद्धिष्ट कम्युनिटी सेन्टर केन्ट, कोर्बि समाज यूके, इलाम समाज यूके, रेडिङ्ग गुम्बालगायत विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले आर्थिक सहयोग संकलन गरिएको अध्यक्ष शेर्पाले जानकारी गराउँदै पार्थिव शरीर नेपाल पठाइ वचत भएको रकम स्वर्गिय डा. शेर्पाले लुक्लामा निर्माण भैरहेको गुम्बालाई हस्तान्तरण गर्ने बताए ।

दिवंगत डा.खेन्पोको मृतात्माको शान्तिको कामना गर्दै गत आइतबार (२६ जुलाई) अल्डरशटस्थित बुद्धिस्ट कम्युनिटी सेन्टरको गुम्बामा एक भावपूर्ण श्रद्धाञ्जलीसभा सम्पन्न भयो । उक्त अवसरमा उनको पार्थिव शरीरलाई गुम्बा परिसरमा राखी बौद्ध धर्म–परम्परा अनुसार पूजनीय गुरुहरूबाट धार्मिक पूजापाठ तथा प्रार्थना गरिएको थियो ।

थाउजेन्डस् बुद्ध यूकेका अध्यक्ष मेजर समुन्द्र गुरुङको संयोजनमा सम्पन्न श्रद्धाञ्जली सभामा बिसीसी यूकेका अध्यक्ष आङदावा शेर्पा, शेर्पा एशोसिएसन यूकेका अध्यक्ष रिन्जी शेर्पा, बीसीसी केन्टका अध्यक्ष निमा तेन्जी शेर्पा, कोर्वि समाजका जीवन गुरुङ, इलाम समाज यूकेकी उपाध्यक्ष मीना गुरुङ, बीजिएन आर्चाय पसाङ्ग शेर्पा लगायत बेलायतका विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिहरूले स्वर्गिय डा. शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

सहभागीहरूले बौद्ध धर्मका ज्ञाता डा. खेन्पोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!