तनहुँ समाज यूकेको १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू कार्यक्रम अगस्ट ८ मा, चर्चित कलाकारको प्रस्तुति रहने

SHARE:

लन्डन। बेलायतमा क्रियाशील सामाजिक संस्था तनहुँ समाज यूकेले आफ्नो १८औँ वार्षिक भेटघाट तथा बीबीक्यू आगामी ८ अगस्ट २०२६ (शनिबार) आयोजना गर्ने भएको छ । कार्यक्रम अल्डरशटस्थित अल्डरवुड लिजर सेन्टरमा दिउँसो १२ देखि राति १० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा वरिष्ठ लोकगायक प्रेमराजा महत, कौरा गीतका लोकप्रिय कलाकार दुर्गा गुरुङ (कौरा किङ) तथा लोकदोहोरी गायिकाहरु शर्मिला गुरुङ ‘सरु’ र रूपी सिंजाली मगरको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै तनहुँको मौलिक लाइभ कौरा तथा चुड्का नृत्य, स्थानीय कलाकारहरू दिपु गुरुङ, मनसुधन थापा, पवन राना, प्रकाश समाल, चारघरे चेली समूह,सविता राना (नाना), जुनु थापा, याशिका थापा, माया मगर,सुरक्षा मगर, प्रतिमा आले, अर्चिता गौतम, सम्पदा राई, रोनिशा आले, गुराँस राना, सुनगाभा राना र तनहुँको विविध क्षेत्रीय तथा भेगीय समाजहरूको बेजोड प्रस्तुति रहने समाजका महासचिव महेन्द्रले बताए ।

अतिरिक्त कार्यक्रममा राफल ड्र, नेपाली परिकारको स्वाद, शैक्षिक उपलब्धि हासिल गरेका बालबालिका, नयाँ आजीवन सदस्यहरु तथा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिनेछ।

प्रवेश शुल्क वयस्कका लागि २५ पाउन्ड, ज्येष्ठ नागरिक तथा ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि २० पाउन्ड तोकिएको छ भने ६ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

तनहुँ समाज यूकेका अध्यक्ष गुरुङ र महासचिव आलेले संस्थाको तर्फबाट बेलायतमा रहेका सम्पूर्ण तनहुँवासी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई आफ्नै कला, संस्कृति, भाषा र स्वादसँग रमाउन आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!