नेपाललाई हराउँदै बङ्गलादेश २३ वर्षमुनिको एसियन जोन भलिबलको फाइनलमा

SHARE:

काठमाडौं डिसेम्बर २५ ।

बङ्गलादेशमा चलिरहको २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा पनि नेपाल पराजित भएको छ ।

यसअघि लागातार तीन वटै खेल हारेको नेपाल सेमिफाइनलको खेलमा पनि पराजित भएको हो । आज आइतवार भएको सेमिफाइनल खेलमा नेपाललाई आयोजक बङ्गलादेशले तीन–शून्यको सोझो सेटमा हराएको हो । अब बङ्गलादेशले फाइनलमा उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । किर्गिस्तान पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई हराएर फाइनल पुगिसकेको छ ।

नेपालले अब तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्नेछ । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!