नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको क्वार्टर फाइनलमा

SHARE:

पोखरा डिसेम्बर ३० ।

 

नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्याइजले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको २४ औँ मिनेटमा पुलिसका रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । खेलको ७६ औँ मिनेटमा चर्च ब्वाइजका अन्जन बिष्टले गोल गर्दै खेल १/१ को बराबरीमा पुर्‍याए ।

खेलको ९४ औँ मिनेटमा पुलिसका प्रकाश भुजेलले हेडमार्फत गोल गरे पनि रेफ्रीले अफसाइड दिएपछि पुलिस अग्रता बनाउनबाट चुक्यो । थपिएको अतिरिक्त समयमा चर्च ब्वाइजका अनन्त तामाङले थप गोल गर्दै खेल २–१ को अवस्थामा पुर्‍याए । हारसँगै पुलिस प्रतियोगिताबाट बाहिरिएको छ ।

मनाङको कप्तानसमेत रहेका अन्जनले केही दिनअघि मात्रै मनाङ छाडेर नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!