जेलमा रहेका सन्दीप लामिछाने ‘डिप्रेसन’मा

SHARE:

काठमाडौं २ जनवरी २०२३ ।

नाबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’को शिकार भएका छन् ।

मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक परामर्श दिन थालेका छन् । जेलरसँगको सल्लाहमा आवश्यक मानसिक परामर्श थालिएको लामिछानेका वकील सरोजकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार लामिछाने पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएका छन् ।

लामिछाने मुद्दा पुर्पक्षको निम्ति काठमाडौं जिल्ला अदालतको आदेशपछि दुई महिनादेखि केन्द्रीय कारागार सुन्धारामा छन् । नाबालिकालाई गौशालाको होटलमा रातभर बलात्कार गरेको आरोपमा लामिछाने पक्राउ परेका हुन्। क्रिकेट प्रतियोगिताको क्रममा उनी विदेशमा छँदा प्रहरीमा निवेदन दर्ता भएको थियो ।

आरोप लागेको झण्डै एक महिनापछि उनी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!