आर्मीलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा

SHARE:

पोखरा २ जनवरी २०२३ ।

सङ्कटा फुटबल क्लब आहा रारा पोखरा गोल्ड कप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज सोमवार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई दुई–एक गोलले हराएर सङ्कटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । सङ्कटालाई जिताउन मेसुके र सुरज ज्यु ठकुरीले एकरएक गोल गरे । त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलका बिच हुनेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!