पल शाहले तनहुँ जिल्ला अदालतबाट सफाइ पाए

SHARE:

कास्की १७ जनवरी २०२३ ।

जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाई आज सफाइ दिएको छ।

नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता शाहलाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले बहसपछि मंगलवार फैसला सुनाएको हो । शाहको पक्षबाट ५ जना कानुनव्यवसायीले बहस गरेका थिए भने जाहेरीवालाका तर्फबाट सरकारी वकिल सहभागी थिए । १७ वर्षीया किशोरीले शाहविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् ।

तनहुँ जिल्ला अदालतले सफाइ दिए पनि शाह जेलमुक्त हुने छैनन् । किशोरीले लगाएको आरोपमा नवलपुर अदालतले शाहलाई अढाई वर्ष कैद सजाय गरिसकेको छ । नाबालिकाले बलात्कारको जाहेरी दिए पनि अदालतले लिएको वकपत्रमा भने आरोप झूटो भएको बताएकी थिइन् ।

नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको अभियोग आए पनि बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेर फैसला सुनाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!